जापानमा नयाँ आउने कामदारलाई उचित व्यवहार गर्न निर्देशिका जारी


प्रकाशित मिति : चैत्र ८, २०७५ शुक्रबार

जापानको न्याय मन्त्रालयले नयाँ आउने विदेशी कामदारप्रति उचित व्यवहार गर्न कम्पनीहरुलाई निर्देशिका जारी गरेको छ । अप्रिल १ देखि लागू हुने ‘विशिष्ट कौशल’ भिसामा जापान आउने विदेशी कामदारको राम्रो देखभाल गर्न सो निर्देशिका जारी गरेको हो । कम्पनीले आफ्ना नयाँ कामदार विदेशबाट आएपछि उनीहरुलाई कार्यस्थल वा एकोमोडेशनमा लैजानु पर्ने निर्देशिकामा उल्लेख छ ।

विदेशी कामदारलाई आवासको व्यवस्था गर्न कम्पनीहरुलाई रेण्टर सम्झौता गर्न वा घरको भाडा तिर्ने ग्यारेण्टी गर्न एक सेवा प्रंदायक समेत खोज्न भनिएको छ । आकस्मिक अवस्थामा सम्पर्क गर्न कम्पनी सूचिकृत हुन पनि स्विकार गर्नुपर्ने छ ।
हरेक कामदारको बस्ने ठाउँ साढे ७ वर्ग मिटर वा सोभन्दा ठूलो हुनुपर्ने निर्देशिकामा उल्लेख छ । नयाँ विदेशी कामदारलाई जापानको संस्ृकति र व्यवहार, फोहोर फाल्ने तरिका, ट्राफिक नियम, स्मार्ट कार्डको प्रयोग लगायतका कुराबारे जानकारी दिन ८ घण्टा वा सा भन्दा लामो समयको एक कक्षा सञ्चालन गर्न पनि कम्पनीलाई भनिएको आसाही सिन्बुनले आफ्नो अनलाइन संस्करणमा लेखेको छ ।

केही महत्वपूर्ण निर्देशिकाः

रोजगारदाताले गर्न नपाइने कुराः
– विदेशी कामदारको भिसा आफ्नो साथमा राख्ने
– विदेशी कामदार भागेमा उसका परिवार वा आफन्तजनलाई सजाय दिने
– काम वा सेलफोन खरिद बाहेक अन्य कुराका कारण विदेशी कामदारलाई आफ्नो घर छोड्नबाट प्रतिबन्ध

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

कम्पनीले जापानको जीबनशैलीबारे जानकारी दिनपर्छ जस्तैः
– मेडिकल संस्थामा कसरी उपचार पाउने
– फोहोर व्यवस्थापन कसरी गर्ने

कम्पनीले आवास तल दिइएका तीनमध्ये कुनै एक उपायका माध्यमबाट सुनिश्चित गर्नुपर्छ

१.आवश्यक परेमा विदेशी कामदारको रेण्टल सम्झौतमा हस्ताक्षर गर्ने
२.विदेशी कामदारलाई आवासको व्यवस्था गर्न रेण्टल सम्झौतामा हस्ताक्षर गर्ने
३.विदेशी कामदारललाई कम्पनी आवासको उपलब्ध गराउने

कम्पनीले विदेशी कामदारलाई जापानी भाषा सिक्न निम्न तीनमध्ये कुनै एक उपायबाट सहयोग गर्ने

१.भाषा स्कूलको परिचय
२. अनलाइन भाषा कार्यक्रमको परिचय
३.भाषा सिकाउन भाषा शिक्षक नियुक्त गर्ने

यसमा कम्पनीले मासिक शुल्क लगायतका आर्थिक सहयोग पनि उपलब्ध गराउनु पर्ने छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com