नागरिक उड्डयन प्राधिकरण र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नेपालमा उडान रोकेका १७ वटा विदेशी एयरलाइन्सबाट बक्यौता उठाउन सकेका छैनन् । ती एरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुझाउन बाँकी रहेको ४ करोड ८४ लाख रुपैयाँ उठाउन कडाइका साथ पहल पनि भएको छैन । नपालका कार्यालय बन्द गरिसकेका ती विदेशी एयरलान्स सम्पर्कबिहीन छन् ।
बक्यौता रकम जहाज अवतरण (ल्यान्डिङ), पार्किङ, (विमान), एष्यर नेभिगेसज (सञ्चार तथा उड्डयन सहाय सेवा), विमानस्थल विकास शुल्क, घरभाडासहितको रकम हो । बेलैमा सरकारी दायित्व नतिर्ने एयरलाइन्स वा संस्थासँग गरिएको सम्झौतापत्र स्थगन गर्न सकिने वा सम्पत्ति रोक्का राख्ने अधिकार प्राधिकरणको नियमावालीले विमानस्थल प्रमुुखलाई दिएको छ । यो समाचार कान्तिपुरमा प्रकाशित छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।