पुर्जा भएको जमीन भारतीयको कब्जामा


प्रकाशित मिति : चैत्र ४, २०७५ सोमबार

आफूसित जग्गाधनी प्रमाण पुर्जा हुँदा पनि विगत १७ वर्षदेखि कञ्चनपुरको पुर्नवास नगरपालिकाका करनबहादुर सुनारले जग्गा भोगचलन गर्न पाउनुभएको छैन ।उक्त नगरपालिका–४ का सुनारको करीब एक बिघाभन्दा बढी जग्गा विगत लामो समयदेखि आफ्नो भूमि भएको दाबी गर्दै भारतीय नागरिकले उपभोग गर्दै आएका छन् ।

“विसं २०५८ मा खेतमा लगाएको अन्नबालीसमेत भारतीय सुरक्षाकर्मीले सङ्कलन गर्न दिएनन् ।” सुनारले भन्नुभयो, “खेतमा खनजोत गर्न जाँदा पनि दुव्यर्वहार सहनुपर्ने स्थिति बन्छ ।” पुर्नवासमा उक्त क्षेत्र भारतीयले आफ्नो भूमिमा पार्ने दाबी गर्दै आएको छ ।

“सत्र वर्षदेखि आफ्नो जमीन छुटाइदिन विभिन्न निकाय हारगुहार गर्दा पनि कतैबाट सुनुवाइ भएन ।” आफूसित भएको जग्गाको पुर्जा देखाउँदै सुनारले भन्नुभयो, “लिखितरुपमै सरकारलाई जानकारी गराउँद पनि केही भएन् ।” उहाँले मुलुकको व्यवस्था फेरिएर सिंहदरबार गाउँमा पुग्दा पनि जग्गाको विषय छिनोफानो हुन नसकेको दुखेसो पोख्नुभयो ।

विसं२०३१ देखि गाउँमा बस्दै अौनुभएको स्थानीयवासी मानबहादुर सुनारले नेपाल–भारत २०० नम्बरको सीमा पिल्लर गायब नहुँदा पनि भारतले नेपाली भूमि आफ्नो भनिरहेको बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

“सीमाको विवाद यथावत रहँदा बेला/बेला भारतीय सुरक्षाकर्मीसित पनि मनमुटाव हुने गर्छ ।” उहाँले भन्नुभयो, “पुर्नवासमा शहीद बनेका गोविन्द गौतमको घटनास्थल क्षेत्रमा पनि अझै सीमा विवाद समाधान भएन ।”

सरकारले पुर्नवास÷बेलौरी नगरपालिका क्षेत्रको सीमा विवाद समाधान हुने आश्वासन दिए पनि हालसम्म नभएको स्थानीयवासीको गुनासो छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com