तीन दशकपछि आफ्नै देश फर्कने आसमा भुटानी शरणार्थी


प्रकाशित मिति : चैत्र ३, २०७५ आईतबार

बेलडाँगी ३ की ६४ वर्षीय मधुमाया मगरलाई २६ वर्षपछि अबचाहिँ भुटान फर्किन पाइन्छ कि भन्ने लागेको छ । शरणार्थीसम्बन्धी राष्ट्रसंघीय उच्चायोग (यूएनएचसीआर) ले नै विवरण संकलन गरेपछि उनी हौसिएकी हुन् ।

दुई महिनाअघि भुटान फर्कन पाउँ भन्दै फाराम भरेकी उनका तीन छोरा र तीन छोरी अमेरिकामा छिन् । उनीचाहिँ कान्छा छोराबुहारीसँग शरणार्थी शिवरमा छिन् । पछित मानध्वज डेढ वर्षअघि दिवंगत भए । यूएनएचसीआरले १९ डिसेम्बरदेखि १० दिनसम्म भुटान फर्किन इच्छुक शरणार्थीको विवरण संकलन गरेको थियो ।

७ जनावरीदेखि एक महिनासम्म फाराम भरेकाहरुसँग अन्तर्वार्तासमेत लिइसकेको छ । यो समाचार अर्जन राजवंशीले कान्तिपुरमा लेखेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com