१५ जनाले घोषणा गरे अमेरिकी राष्ट्रपतिमा उम्मेदवारी, ६ महिला, ट्रम्पलाई पछार्लान् ?


प्रकाशित मिति : फाल्गुन ३०, २०७५ बिहीबार

अहिलेसम्म १५ जनाले सन् २०२० मा हुने अमेरिकी राष्ट्रपतिको चुनावका लागि उम्मेदवारी घोषणा गरेका छन् । उनीहरुमध्ये अधिकांशले डेमोक्रेटिक पार्टीका तर्फबाट उम्मेदवारी घोषणा गरेका हुन् ।

६९ बर्षीया एलिजाबेथ वारेनले औपचारिक रुपमा चुनावी अभियान सुरु गरिसकेकी छिन् भने ५४ बर्षीया कमला ह्यारिस अर्की सशक्त उम्मेदवार हुन् । ७७ बर्षीय बर्नी स्याण्डर्स पनि लोकप्रिय उम्मेदवारका रुपमा चर्चित छन् ।

४४ बर्षीय हुलियन क्यास्ट्रो, ५२ बर्षीय क्रिस्टेन जिलिब्राण्ड, ४६ बर्षका बेटो राउर्के र ५८ बर्षीय आमी क्लोबुचर पनि राष्ट्रपतिको चुनावी मैदानमा उत्रिसकेका छन् । ४९ बर्षीय कोरी बुकर, ३७ बर्षका पेटे बुटीगिग, ३७ बर्षकी तुल्सी गब्बार्ड, ४४ बर्षका एन्ड्रयु यांग, ६६ बर्षकी मारियन विलियम्सन, ६७ बर्षका जोन हिकेन लुपर पनि चुनावमा उठ्दैछन् ।

६६ बर्षका जे इन्सली र ५५ बर्षका जोन डेलानी पनि मैदानमा उत्रिसकेका छन् । जोन केरी, जो बाइडेन, टिम रायन जस्ता चर्चित राजनीतिज्ञहरुले उम्मेदवारी घोषणा गरिसकेका छैनन् तर चर्चाको शिखरमा भने छन् ।

अहिलेसम्म उम्मेदवारी घोषणा गर्नेहरुमध्ये ६ जना महिला रहेका छन् । उनीहरुले प्राइमरीमा डेमोक्रेटिक नोमिनेशनमा जितेको खण्डमा अन्तिम चुनावमा डोनाल्ड ट्रम्पबिरुद्ध लड्न पाउनेछन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com