‘विप्लव’को पार्टीलाई सरकारले लगायो प्रतिबन्ध
प्रकाशित मिति : फाल्गुन २८, २०७५ मंगलबार
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूह भनी चिनिने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नामको समूहलाई सरकारले अपराधिक संगठन ठहर गरेको छ ।
मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले विप्लव समूहलाई अपराधिक संगठन ठहर गर्दै प्रतिबन्ध लगाउने घोषणा गरेको हो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले बम विस्फोटलगायतका आपराधिक क्रियाकलाप सम्लग्न भएकाले प्रतिबन्ध लगाएकाे बताए ।
याे प्रस्ताव मन्त्रिपरिषद्को बैठकमा केही दिनअघि नै गएकाे स्राेतले जनाएकाे छ । विप्लव समुहले आपराधिक कार्य गरी विकासका पूर्वाधारमा बम विस्फोट गराउने र शान्ति सुरक्षामथि आक्रमण गरेको भन्दै सरकारले प्रतिबन्ध लगाएको हाे ।
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]






