सरकारी गाडीमा तस्करीकाे सामान ढुवानी


प्रकाशित मिति : फाल्गुन २७, २०७५ सोमबार

हुलाकी राजमार्ग योजना कार्यालयको सरकारी गाडी भारतबाट तस्करीका सामान ओसार्न प्रयोग गरिएको खु्लेको छ । सडक विभागले हुलाकी राजमार्ग योजना कार्यालय वीरगञ्जका लागि उपलब्ध गराएको बा १ झ ९६१६ नम्बरको बोलेरो जिप योजना कार्यालय प्रमुखका छोरा आनन्द पटेलले भारतबाट तस्करीको सामान ओर्सान प्रयोग गर्दै आएका छन् ।

आइतबार राति तस्करीको सामानसहित उक्त जिप वीरगञ्ज भन्सार नाकाबाटै पक्राउ परेपछि यो रहस्या खेलेको हो । हुलाकी राजमार्ग योजना कार्यालय वीरगञ्जका प्रमुख अनुठालाल पटेलका छोरा आनन्द पटेलले सरकारी नम्बर प्लेटको उक्त जिपमा भारतको रक्सौलबाट हार्डवयरका सामान, राजश्व छलेर वीरगञ्ज ल्याउँदै गरेको अवस्थामा वीरगञ्ज भन्सार नाकामा सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका हुन् ।

उक्त गाडीबाट करिब एक लाख रुपैयाँ मूल्य बराबरको हार्डवेयरका सामान बरामद भएको छ । रक्सौलबाट हार्डवेयरका सामान खरिद गरी आनन्द आफैले चलाएको बोलेरो जिप शंका लागेर भन्सार नाकामा सशस्त्र प्रहरीले जाँच गर्दा तस्करीका सामान बरामद भएको हो । यो समाचार क्रान्ति शाहले अन्नपूर्णमा लेखेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com