चौधरी ग्रुपले बुझायो ९ अर्ब ६७ करोड राजस्व


प्रकाशित मिति : फाल्गुन २७, २०७५ सोमबार

प्रतिष्ठित व्यावसायिक घराना चौधरी ग्रुप (सीजी) सम्बद्ध कम्पनीहरूले आर्थिक वर्ष २०७४/७५ मा नौ अर्ब ६७ करोड रुपैयाँ राजस्व तिरेका छन्। गत आर्थिक वर्षमा संकलन भएको कुल राजस्वमध्ये सीजी सम्बद्ध कम्पनीको योगदान १.६४ प्रतिशत हो। राजस्वमा सीजीमा सम्बद्ध कम्पनीको योगदान बढ्दै गएको ग्रुपले जनाएको छ।चौधरी ग्रुपले आर्थिक वर्ष २०७३/७४ को तुलनामा आर्थिक वर्ष २०७४/७५ मा २२.७२ प्रतिशत बढी राजस्व योगदान गरेको हो। ग्रुपले २०७३/७४ मा सात अर्ब ८८ करोड रुपैयाँ राजस्व बुझाएको थियो।

आर्थिक वर्ष २०७२/०७३ को तुलनामा उक्त राजस्व ७३ प्रतिशतले बढी छ। त्यस वर्ष ग्रुपले पाँच अर्ब ५९ करोड रुपैयाँ राजस्वमा योगदान गरेको सीजीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।‘राजस्वमा उच्च योगदान गर्न सकेकोमा हामी खुसी छौँ। बढ्दो लगानी र फैलिँदै गएको व्यवसायबाट अन्ततः रोजगारी सिर्जना र राजस्वमा हाम्रो योगदान बढ्दै गएको छ’, चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरीलाई उद्धृत गर्दै विज्ञप्तिमा भनिएको छ।चौधरी ग्रुपले नवलपरासीमा स्थापना गरेको सीजी इन्डस्ट्रियल पार्क दक्षिण एसिया कै उत्कृष्ट मानिन्छ।

ग्रुपले प्रदेश ५ को बर्दिया र प्रदेश १ को सुनसरीमा पनि औद्योगिक पार्क स्थापना गरिरहेको छ। १० हजार व्यक्तिलाई प्रत्यक्ष रोजगारी दिएको सीजीले देशभित्र मूल्य–शृंखलामा महत्त्वपूर्ण योगदान दिएको छ।चौधरी ग्रुपले आर्थिक वर्ष २०७५/०७६ मा नेपालमा २० अर्ब रुपैयाँ लगानी गर्दै छ। केही प्रोजेक्ट सम्पन्न भइसकेको र केही कार्यान्वयन चरणमा रहेको ग्रुपले जनाएको छ। सीजी इन्डस्ट्रियल पार्क नवलपुरमा रहेका उद्योगको विस्तार र आधुनिकीकरणमा पनि लगानी विस्तार गरिएको छ। जसमा सीजी ब्रुअरी, प्याकेजिङ, स्न्याक्स फुड एवं सफ्ट ड्रिंक्सलगायत उद्योग छन्।

पाल्पामा देशकै ठूलोमध्येको खानीसहित सिमेन्ट उद्योग, काठमाडौंमा ताज भिभान्ता होटल, चितवनमा सपिङ मल, होटलसहित मल्टिप्रपोज मल ‘ल्यान्डमार्क’,सुनसरीमा सीजी इन्डस्ट्रियल पार्क, १८ मेगावाट क्षमताको मिडिल मोदी एवं ४४ मेगावाट क्षमताको सुपर मादी जलविद्युत् आयोजनालगायत छन्। सीजीले देशकै अत्याधुनिक प्रविधियुक्त डिजिटल टेलिकम कम्पनी ‘सीजी लाइफसेल’ कार्यान्वयनको तयारीमा छ। यस परियोजनामा मात्रै करिब २५ अर्ब रुपैयाँ लगानी हुने ग्रुपले जनाएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com