इथियोपिया विमान दुर्घटनामा ज्यान गुमाएका एकता अधिकारी को थिइन् ?


प्रकाशित मिति : फाल्गुन २७, २०७५ सोमबार

इथियोपियामा आइतबार भएको विमान दुर्घटनामा ज्यान गुमाएका १५७ जना मध्ये एकजना नेपाली रहेको पुष्टि भएको छ।

इथियोपियाको राजधानी एडिस अब्बासबाट केन्याको राजधानी नैरोबीका लागि उडेको बोइङ ७३७ मा सवार सबै यात्रु र चालक दलका सदस्यको ज्यान गएको हो ।

विमानमा ३५ देशका नागरिक सवार थिए । त्यसमध्ये एक नेपाली महिला एकता अधिकारीको ज्यान गएको हो । उनी इथियोपियाको राजधानी एडिस अब्बासमा रहेको विश्व खाद्य कार्यक्रम (ब्लुएफपी) मा कार्यरत थिइन् ।

उनी नैरोबीमा हुने डब्लुएफपीको एक बैठकका लागि जाँदै थिइन् । उनी सन् २०१८ को सेप्टेम्बरमा इथियोपिया गएकी हुन् । उनी नेपाल र पपुवा न्युगिनीसहित झण्डै चार वर्षदेखि डब्लुएफपीमा कार्यरत थिइन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

इथियोपियन एयरलाइन्सको विमान राजधानी एडिस अब्बासबाट उडेको केही समयमै दुर्घटनामा परेको थियो । विमानमा १४९ यात्रु र चालक दलका ८ सदस्य थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com