अमेरिका प्रवेश गर्ने आप्रवासीहरुको संख्या दोब्बरले बढ्यो


प्रकाशित मिति : फाल्गुन २२, २०७५ बुधबार

संयुक्तराज्य अमेरिकाको दक्षिणपश्चिम सीमाबाट अमेरिका प्रवेश गर्ने आप्रवासीको संख्या उल्लेखनीय रुपमा वृद्धि भएको छ । सीमा अधिकारीहरुका अनुसार गत महिना अमेरिका–मेक्सिको सीमाबाट अमेरिका प्रवेश गर्ने आप्रवासीहरु ७६ हजारभन्दा बढी देखिएको छ ।

गत वर्षको यही महिनाको तुलनामा यो दोब्बर बढी हो । केही महिनादेखि १०० भन्दा बढी मानिसका ७० वटाभन्दा बढी समूह अमेरिका प्रवेश गरेको छ । मेक्सिको–अमेरिका सीमाका अत्यन्त दुर्गम क्षेत्रबाट यी आप्रवासीहरु गैरकानुनी रुपमा अमेरिका प्रवेश गरेका हुन् ।

अमेरिकी भन्सार तथा सीमा सुरक्षा आयुक्त केभिन म्याकअलीन्यानले अमेरिकी सीमा सुरक्षा निकायमा अहिले स्रोतसाधनको कमी भएको बताए । उनले मेक्सिकोसँगको सीमाका दुर्गम ठाउँमा पर्याप्त जनशक्ति परिचालन गर्न नसकिएको र ती ठाउँबाट गैरकानुनी रुपमा मानिसहरु अमेरिका प्रवेश गरिरहेको जानकारी दिए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सीमा व्यवस्थापनलाई कडाई गर्ने प्रतिबद्धता जनाएर सीमामा बलियो पर्खाल बनाउने विवादास्पद योजना अघि सारेका छन् । तर त्यस योजनामाथि अमेरिकी संसद, अदालत र विपक्षीमा सहमति हुन सकेको छैन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सीमा निगरानी थुनामा दुई बालबालिकाको मृत्यु भएपछि भन्सार तथा सीमा सुरक्षा निकायले स्वास्थ्य जाँचमा कडाई गरेको छ । म्याकअलीन्यानले टेक्सासको एल पासोमा आप्रवासीका लागि नयाँ प्रशोधन केन्द्र खोल्न लागेको जानकारी दिए । यो केन्द्रमा परिवार र बालबालिकालाई राम्रोसँग हेरचाह गर्न सकिने छ ।

सीमा सुरक्षा अधिकारीहरुका अनुसार, हरेक वर्ष अवैधानिक रुपमा अमेरिका प्रवेश गर्न चाहने करिब चार लाख आप्रवासीलाई पक्राउ गरिएको थियो । सन् २००० मा भने १६ लाखलाई सीमामा पक्राउ गरिएको थियो । पक्राउ परेका अधिकांश मानिसहरुमा मेक्सिकोका एकल पुरुष थिए । तर आजभोलि अधिकांश आप्रवासीहरु मध्य–अमेरिकाका परिवारहरु रहेका छन् ।

गत अक्टोबरयता सीमाबाट एक लाख ३० हजारभन्दा बढी परिवारलाई नियन्त्रणमा लिइएको छ । अक्टोबरदेखि सेप्टेम्बर २०१८ सम्मको अवधिमा पति त्यतिकै संख्यामा परिवारलाई नियन्त्रणमा लिइएको थियो । दशौं हजार बालबालिका एक्लै अवैध रुपमा अमेरिका छिरेका छन् ।

भन्सार तथा सीमा नियन्त्रण निकायले पछिल्लो समय आप्रवासीमाथि कमभन्दा कम बल प्रयोग गर्न थालेको जनाएको छ । सन् २०१८ मा १५ पटक मात्र सुरक्षा बलले हतियार चलाएको छ । सन् २०१२ मा ५५ पटक हतियार प्रयोग भएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com