महाशिवरात्रीः कतै धुमधाम, कतै सन्नाटा


प्रकाशित मिति : फाल्गुन २०, २०७५ सोमबार

महाशिवरात्री पर्व सोमबार भगवान् शिवको स्तुति गर्दै पशुपतिनाथलगायत देशका विभिन्न शिवालयहरूमा धुमधामका साथ मनाइँदैछ । देश तथा विदेशबाट श्रद्धालु तथा साधुसन्त यो मेला भर्न आउने इतिहासदेखिकै परम्परा छ । त्यसक्रममा पशुपतिनाथमा लाग्ने मेला भने विशिष्ट र अन्तर्रा्ष्ट्रिय मेला नै हो । यो समाचार आजको गोरखापत्र दैनिकमा सरोज आचार्यले लेखेका छन् ।

भारतमा पनि कुम्भमेला लगायतका धार्मिक पर्वलाई पर्यटक तान्नेदेखि देशको प्रतिष्ठासँग जोडेर मनाइने गरे पनि नेपालमा महाशिवरात्रीलाई पर्यटक प्रवद्र्धनका रूपमा अझै व्यवस्थित गर्न बाँकी नै रहेको छ ।

पशुपतिनाथतर्फ व्यापक उल्लास सुरु भए पनि कालमोचनघाटको वैरागी, उदासी, सन्यासी र नाथ अखडामा साधुको विजोग भएको छ ।

यहाँ पर्व अगावै आएका साधु सामल जुटाउन साहु महाजन, कालिमाटी सब्जी मण्डी, लगायतका स्थानमा भिक्षाटनमा हिँडेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

वैरागी अखडाका महन्थ रामस्वरुपदास वैष्णवका अनुसार अखडामा निर्माण कार्य भइरहेकोले मुस्किलले चुल्हो बनाइएको छ, तर चुल्होमा के पकाएर खान दिने भन्ने समस्या छ ।

अखडाकी माता सावित्रीदेवीले पिउने पानीको यहाँ अभाव भएको दुःखेसो व्यक्त गरे । उनले उदारमना दाता समक्ष साधु अखडामा स्तरीय खानपान र पिउने पानीको सहयोग पाइयोस् भनेका छन् ।

उदासी अखडामा भने महन्थ पुष्पदासको पहलमा साधुलाई बिहीवारदेखि नै खानपानको व्यवस्था र रहने बस्ने व्यबस्था गरिएको छ । उनले पनि दातालाई सहयोगको हात बढाउन अपिल गरेका छन् ।

योपटक भारत प्रयागको कुम्भबाट सिधै साधु यहाँ आएका र मौसमको अदलीवदलीले पर्वको सुरुआत पूर्व नै अखडामा धुनी जगाउनु परेको महन्थ पुष्पदासले जानकारी दिए ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com