अष्ट्रेलियामा नेपाली विद्यार्थीले आफूले चाहेजस्तो काम किन पाउँदैनन् ?


प्रकाशित मिति : फाल्गुन १९, २०७५ आईतबार

अष्ट्रेलियामा डिग्री वा अध्ययन सकिसकेपछि छुट्टै उत्साहको सञ्चार हुन्छ । त्यसपछि पूरै समय काममा लाग्न पाउँनुको मज्जा वेग्लै हुन्छ । तर पढाइ सकिसकेपछि पनि राम्रो र खोजे जस्तो काम नपाएर धेरै विद्यार्थीहरु निराश भैरहेको अवस्था पनि छ । विशेष गरेर नेपाल,भारत जस्ता वहुसांस्कृतिक मुलुकबाट आएका विद्यार्थीहरु अझ बढी यस्तो समस्यामा पर्ने गरेको स्वयम् विद्यार्थीहरु नै गुनासो गर्दछन् ।

विज्ञहरुको विचारमा आधारित रहेर अन्तराष्ट्रिय विद्यार्थीहरुलाई काम पाउन कठिन हुनुका ५ कारणहरुबारे यहाँ चर्चा गर्दैछौं ।

 अँग्रेजी भाषामा कम दक्षता हुनु

अष्ट्रेलियामा काम पाउन पहिलो आधारभूत योग्यता भनेकै अँग्रेजी भाषा हो । त्यसैले विज्ञहरु भन्छन्–तपाईले काम खोज्न जाँदा तपाईले आइएलटिएसमा पाउनुभएको स्कोरबारे खुलस्त उल्लेख गर्नुहोस् । यसले तपाईको आवेदन स्वीकृत हुने समभावना बढी रहन्छ ।
यदि तपाईलाई आफ्नो अँग्रेजी भाषाप्रतिको दक्षतामाथि आत्मविश्वास छैन भने पनि नआत्तिनुहोला । किन विभिन्न पुस्तकहरु पढेर,नेटमा खोजेर वा घरमा अभ्यास गरेर त्यसलाई बढाउन सकिन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कुनै पेशामा दक्षता नहुनु वा पूर्व अनुभवको कमी हुनु

यदि तपाईसँग पहिले काम गरेको अनुभव छैन वा थोरै छ भने पनि तपाईले काम पाउन सक्ने सम्भावना न्यून रहन्छ । यस्तै कुनै कामप्रति दक्षता नहुनेलाई पनि कठिन हुन्छ । त्यसैले यस्ता व्यक्तिहरुले सम्बन्धित समुदाय लक्षित कामहरु गर्नु उपर्युक्त हुन्छ । यस्ता व्यक्तिहरु अँग्रेजी भाषा नचाहिने कर्नर स्टोर,फाष्टफुड चेन र लोकल कम्युनिटी विजनेश जस्ता कामहरुका लागि मात्र योग्य हुन्छन् ।

अष्ट्रेलियाको सिस्टम,रोजगार क्षेत्र वा अन्यबारे कम जानकारी हुनु

करियर एक्सपर्टहरुको सुझाव छ –अष्ट्रेलियामा पहिलेदेखि अर्थात लामो समयदेखि बस्दै आएका व्यक्तिहरुसँग कामको बारेमा सल्लाह र परामर्श लिनु बुद्धिमानी हुन्छ । किनभने उनीहरुलाई अष्ट्रेलियाको सबै सिस्टमबारे ज्ञान हुन्छ । जस्तै कहाँ कस्तो काम पाइन्छ ? त्यहाँको नियम के छ ? भन्नेबारे उनीहरुलाई पूर्ण जानकारी हुन्छ । त्यसैले साथीभाइ र आफन्तहरका अनुभव र सुझाव निकै फलदायी हुनसक्छ ।
अर्को कुरा शुरुमा भोलेन्टियर काम गरेर पनि कामको अनुभव र सम्बन्ध विकास गर्न सकिन्छ ।

सामाजिक सञ्जालको अभाव

अष्ट्रेलियामा नयाँ आउनेहरुले सबैभन्दा बढी अनुभव गर्ने कुरा नै यही हो । यहाँ कसैसँग सम्पर्क नहुँदा अथवा चिनेजानेकाहरु नहुँदा निकै कष्ट भोग्नुपरेको अनुभव धेरैसँग होला । यस्तै जसको साथीभाइ,आफन्त वा इष्टमित्रहरु धेरै छन् उनीहरुले नै काम पनि छिटो पाउँछन् । किनभने उनीहरुलाई खबर गर्ने र चासो,चिन्ता गर्ने धेरै हुन्छन् । यस्तो अवस्थामा एउटा न एउटाले त कामको बारेमा जानकारी उपलब्ध गराइहाल्छ । त्यसैले अष्ट्रेलियामा आएपछि एकलकाँटे वा अन्तर्मूखी बानी छोडेर सकेजति धेरै जनाको सम्पर्कमा बस्नु बढी फाइदाजनक हुन्छ ।

अष्ट्रेलियाको श्रमबजारमा रहेको भेदभाव

सुन्दा वा पढ्दा अचम्म लाग्छ कि अष्ट्रेलियामा पनि भेदभावपूर्ण व्यवहार हुन्छ । तर सत्य यही हो धेरै भुक्तभोगीहरु यसै भन्छन् । अष्ट्रेलियामा विशेष गरेर रंग,वर्ण र अनुभवको आधारमा भेदभाव हुने गरेको छ । कतिसम्म भने तपाईको नामले पनि धेरै फरक पार्दछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com