काठमाडौ नयाँ बसपार्क स्थित एक साइबर पसलमा पूर्व प्रहरीले नै नक्कली सर्टिफिकेटको कारोबार गर्ने गरेको भेटिएको छ । बसपार्क स्थित पुर्व प्रहरी स्याङझाका गोपाल पौडेलले सञ्चालन गरेको युनिक साइबरमा एसएलसी, प्लस–टु, नक्कली लाइसेन्स बनाउने गरेको सुचनाका आधारमा हाम्रो टिम साइबरमा पुगेको थियो ।
उनले ३ हजारमा प्लस–टुको शैक्षिक प्रमाण पत्र बनाउने भन्दै गरेको बार्गेनिङ गरे । यसपछि उनले आइन्दा नगर्ने भन्दै गल्ती स्विकार गरे ।
हामीले प्रहरीलाई खबर गरेपछि नयाँ बसपार्क स्थित प्रहरी वृतले उनलाई नियन्त्रणमा लिएको छ । वृतका इन्सपेक्टर मोहन केसीका अनुसार उनका साथबाट १९ प्रकारका सरकारी तथा गैरसरकारी संघसस्थाका नक्कली कागजपत्र नियन्त्रणमा लिइएको छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।