मलेसियामा १ लाख २५ हजार नेपाली कामदार अवैध
प्रकाशित मिति : फाल्गुन १६, २०७५ बिहीबार
केही समयअघिसम्म नेपालमा सबैभन्दा धेरै रेमिट्यान्स भित्रिने मुलुक मलेसियामा १ लाख २५ हजारभन्दा बढी नेपाली कामदार अवैध रुपमा बसोबास गर्दै आएका छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा श्याम खतिवडाले लेखेका छन् ।
पहिलो कम्पनी छोडेर अन्यत्र जाँदा हुने वैधानिक संकटका बारेमा जानकारी नहुँदा धेरैजसो नेपाली कामदार अवैध हुने गरेको मलेसियास्थित नेपाली राजदूतावासले जनाएको छ ।
मेनपावर कम्पनीमार्फत सम्झौता भएअनुरुपको तलब काम गर्ने कम्पनीले नदिएको , तोकिएभन्दा बढी र अप्ठ्यारो काम लगाएकोलगायत कारणबाट कामदारले कम्पनी परिवर्तन गर्ने गरेका छन् ।
तर, त्यसरी कम्पनी परिवर्तन गर्दा हुने कानुनी संकटका बारेमा धेरै कामदार अनभिज्ञ रहेको राजदूतावासका प्रथम सचिव विनोद मुखियाले बताए ।
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]






