हेलिकप्टर दुर्घटनाः १५ मिनेटमै हेलिकप्टर जलिसकेको थियो, मसँग तस्बिर खिच्नुको विकल्प थिएन…


प्रकाशित मिति : फाल्गुन १६, २०७५ बिहीबार

बुधबार दिउँसो साढे एक बजे पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित चढेको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेको खबर पाथीभरा मन्दिरका पुजारी डिल्ली आचार्यले फोनबाट सिम्रिक एयरका कर्मचारीलाई गराएका रहेछन् । कर्मचारीले मलाई सुनाए ।

तत्कालै एयर डाइनेस्टीका कर्मचारीले ‘भिटु ट्याक’ मा जहाज हल्लिएको नदेखेपछि ताप्लेजुङ विमानस्थलको टावरमा खबर गरेका रहेछन् । टावरले सम्पर्कमा नभएको जानकारी दिइसकेको थियो । तत्कालै हेलिकप्टर लिएर घटनास्थल पुग्दा दुर्घटनाग्रस्त हेलिकप्टर जलेर नष्ट भइसकेको थियो । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा विवेक खड्काले लेखेका छन् ।

हेलिकप्टरमा सवार सबैको मृत्यु भएको थियो । धेरैको शव पनि आधाजसो जलिसकेको थियो । आगो निभिसकेको तर धुँवा भने उडिरहेको थियो । मसँग तस्बिर खिच्नुको विकल्प थिएन । (सिम्रिक एयरका पाइलट खड्कासँगको कुराकानीमा आधारित)

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com