पाकिस्तानी विदेश मन्त्री शाह महमूद कुरैशीले भारतले पाकिस्तानको सम्प्रभूताको उल्लंघन गरेको बताएका छन् ।
पाकिस्तानमा सुरक्षा परिषदको आपतकालीन बैठक बोलाइएको थियो । प्रधानमन्त्री इमरान खानको अध्यक्षतामा बसेको सुरक्षा परिषद बैठकपछि भारतले गरेको दाबीलाई खारेज गर्दै पाकिस्तानले भनेको छ, ‘हामीले भारतले बालाकोट नजिकै कथित आतंकी अड्डा नष्ट गरेको र ठूलो क्षति पुर्याएको दाबीलाई झुटो भएको स्पष्ट पार्न चाहन्छौँ ।’
पाकिस्तानी विदेश मन्त्री कुरैशी भन्छन्, ‘एक पटक फेरि भारत सरकारले आफ्नो उद्धेश्य पूरा गर्न झुटो तथा मनगढन्त दाबी गरेको छ । आफ्नो घरेलु आवश्यकता पूरा गर्नका लागि भारतले यसो गर्दैैछ । चुनावी माहोलका लागि भारतले क्षेत्रीय सुरक्षा र स्थिरतालाई खतरामा धकेलिदिएको छ ।’
विदेश मन्त्री कुरैशीले प्रधानमन्त्री इमरान खानले सेनाका सबै अंगलाई जुनसुकै परिस्थितिका लागि तयार रहन निर्देशन दिएको पनि बताए । विदेश मन्त्री कुरैशीले भने, ‘यो आक्रमण पाकिस्तानविरुद्ध हो र यसको जवाफ पाकिस्तानले दिनेछ ।’
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]
भारतले मंगलबार बिहान पाकिस्तानी भूमि बालाकोटमा रहेको जैश–ए–मोहम्मदको अड्डामा सैन्य कारबाही गरेर ठूलो क्षति पुर्याएको दाबी गरेको छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।