शहीदले देखाएको बाटोबाटै अघि बढ्छौं : गृहमन्त्री
प्रकाशित मिति : फाल्गुन १४, २०७५ मंगलबार
गृहमन्त्री रामबहादुर थापाले हरुले देखाएको बाटोबाटै अघि बढने प्रतिवद्धता व्यक्त गरेका छन्। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालयका सदस्य समेत रहेका गृहमन्त्री थापाले शहीदहरुको बलिदानी पूर्ण संघर्षबाट मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न सफल भएको उल्लेख गर्दै उनीहरुले देखाएको बाटोबाटै मुलुकलाई समृद्ध बनाउने दिशामा अघि बढन पनि सबैलाई आह्वान गरे।
मंगलबार काठमाडौंमा जनयुद्धका प्रथम शहिद दिलबहादुर रम्तेलको स्मृतिमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सहिदहरुले देखाएको बाटोबाटै समाजवाद निर्माणको आधार तय गर्दै अघि बढने संकल्प पनि गरे।
शहिदहरुको सपना, त्याग र बलिदानबाटै मुलुकमा राजनीतिक तथा सांस्कृतिक परिवर्तन सम्भव भएको उल्लेख गर्दै गृहमन्त्री थापाले अव मुलुक समृद्धिको नयाँ युगमा प्रवेश गरेको पनि बताए।
उनले मुलुकको समृद्धिका लागि राष्ट्रिय एकतालाई झनै सुदृढ बनाउँदै अघि बढनुपर्नेमा पनि जोड दिए। गृहमन्त्री थापाले नेपालको सामाजिक तथा राजनीतिक परिवर्तनमा उत्पीडित समूदायले पुर्याएको योगदानको पनि खुलेर प्रशंसा गर्नु गरे।








