रेल नआएपछि रेलकाे लिकमा खेलेरै दिन बिताउँछन् बालबालिका


प्रकाशित मिति : फाल्गुन १४, २०७५ मंगलबार

जनकपुर जयनगर रेल संचालनमा ढिलाई भएपछि लिक क्षेत्र अहिले बालबालिकाहरुको खेल्ने ठाउँ बनेको छ । बालवालिका दिनभरी लिकमै खेलेर रमाइलाे गरेकाे भेटिन्छन् ।

जनकपुरधाम जयनगर बीचमा एकदर्जन गाउँ छन् ती गाउँका बालवालिका रेलको लिकमै खेलेर दिन बिताउने गर्छन् । वैदेही स्टेशनमा खेलिरहेका ८ वर्षीय पंकजले भने, ‘हामी विद्यालयबाट आएपछि घण्टौँ यही खेल्ने गर्छौ ।’ पंकजसंगै त्यहाँ एकदर्जन बालबालिका त्यहाँ खेलिरहेका थिए । यही स्थिति महिनाथपुर स्टेशनको रहेको छ । १० वर्षीय मोहनले भने, ‘हामी चार भाई, बहिनी छौँ, सबै साँझ बिहान लिकमै ढुंगा लिएर गोटी गोटी खेल्ने गर्छौँ ।

जुन रुपमा रेल संचालनमा ढिलाई भइरहेको छ एकातिर स्थानीयवासीको आशा मरी रहेको छ भने बालबालिका त्यसैमा रमाईरहेका छन् । रेल सञ्चालन गर्न स्टेशन, कार्यालय जस्ता भौतिक पूर्वाधार तयार भइसकेको छ । तर इन्जिनको अभाव समस्या बनेको छ । यो खबर आजको राजधानी दैनिकले छापेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com