बहुला कुकुरले टोक्दा यहाँ दुहुना गाई र बाच्छाबाच्छी मरेका छन् । भद्रपुर नगरपालिका वडा नं ३ मा कुकुरकाे टाेकाइबाट डेढ दर्जनभन्दा बढी पशु-चौपाय मरेपछि स्थानीयहरुमा त्रास फैलिँदाे छ ।
भद्रपुर नगरपालिकाका पशु सेवा शाखाका प्राविधिक गणेश भट्टाराईका अनुसार वडा नं ३ स्थित सूर्यनगरका विसु मर्डीले पालेको कुकुर बौलाएपछि जथाभावी टाेक्दै हिँडेकाे छ । यसबाट सबैभन्दा बढी सन्थाल बस्तीमा चौपाया मरेको उनले जानकारी दिए ।
बहुला कुकुरलाई मार्न स्थानीयले माग गरे पनि जनावर मार्न नपाइने अन्तर्राष्ट्रिय मान्यताका कारण कुकुरलाई मार्न नसकिने बरु बन्ध्याकरण गरी प्रजननदर घटाउने र रेबिजविरुद्धकाे सुई लगाउने गरिएकाे भद्रपुर नगरपालिकाले जनाएकाे छ ।
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]
बहुला कुकुरकाे प्रकाेप फैलिएपछि साे क्षेत्रमा मानिस तथा पशुचाैपायालाई रेविजविरुद्धको खोप लगाइएकाे भट्टाराईले बताएका छन् । आइतबार मात्रै सूर्यनगर र मंगलबारेमा मानिस र चौपायालाई गरी भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्रबाट उपलब्ध १४ वटा रेबिज विरुद्धको खोप लगाइएको छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।