एक्स्ट्रा अर्डिनरी स्वीकृत नेपालीले ग्रिनकार्ड फाइल गर्न कुर्ने अवधि ६ महिनादेखि जस्ताको तस्तै


प्रकाशित मिति : फाल्गुन ८, २०७५ बुधबार

एक्स्ट्रा अर्डिनरी आवेदन स्वीकृत भइसकेका नेपालीहरुले ग्रिनकार्ड आवेदन दिनका लागि प्राथमिकता मिति कुर्नुपर्ने अवधि ६ महिनादेखि जस्ताको तस्तै रहेको छ । ६ महिना अगाडि जुन प्राथमिकता मिति भएकाहरुले ग्रिनकार्ड फाइल गर्न खुल्ला गरिएको थियो, अहिलेसम्म पनि त्यही प्राथमिकता मिति नै कायम गरिएको छ ।

सन् २०१८ को जुन १ भन्दा अगाडि प्राथमिकता मिति हुने एक्स्ट्रा अर्डिनरी आवेदन स्वीकृत भइसकेका नेपालीहरुले गत अक्टोबरमा ग्रिनकार्ड फाइल गर्न सक्नेगरी सिमाबन्दी तोकिएको थियो । अहिले पनि सन् २०१८ को जुन १ भन्दा अगाडि प्राथमिकता मिति हुने एक्स्ट्रा अर्डिनरी आवेदन स्वीकृत भइसकेका नेपालीहरुले मात्र ग्रिनकार्ड फाइल गर्न सक्नेछन् ।

अमेरिकी सरकारले मार्च महिनाका लागि जारी गरेको भिसा बुलेटिनमा पनि उक्त मिति अगाडि बढेको छैन । अक्टोबरदेखि मार्चसम्म नै ग्रिनकार्ड फाइल गर्न सक्ने प्राथमिकता मिति सन् २०१८ को जुन १ भन्दा अगाडि तोकिएको छ । त्यो भन्दा अगाडि एक्स्ट्रा अडिर्नरी स्वीकृत भइसकेका नेपालीहरुले तत्काल ग्रिनकार्डका लागि आवेदन दिन सक्थे । एक्स्ट्रा अर्डिनरी आवेदन आई १४० र ग्रिनकार्ड आवेदन आई ४८५ एकैपटक समेत आवेदन दिन सकिन्थ्यो ।

तर सेप्टेम्बर पछि जारी भएका भिसा बुलेटिन अनुशार अहिले त्यो प्रावधान कायम रहेको छैन । यद्यपी प्राथमिकता मिति करेन्ट भएर फाइल गरेका ग्रिनकार्ड आवेदनको सन्दर्भमा निर्णय लिइएको मितिभने केही अगाडि बढेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मार्च महिनाको भिसा बुलेटिन अनुशार १ जनवरी २०१८ भन्दा अगाडि प्राथमिकता मिति भएका ग्रिनकार्ड आवेदनका बारेमा निर्णय लिइएको छ । फरबरीमा १ डिसेम्बर २०१७ भन्दा अगाडि प्राथमिकता मिति भएका ग्रिनकार्ड आवेदनका बारेमा निर्णय लिइएको जनाइएको छ । जनवरीमा १ अक्टोबर २०१७ भन्दा अगाडि प्राथमिकता मिति भएका आवेदनमा निर्णय लिइएको थियो । त्यस्तै डिसेम्बरमा १ जुलाई २०१७, नोभेम्बरमा १ अप्रिल २०१७, अक्टोबरमा १ अप्रिल २०१७ भन्दा अगाडि प्राथमिकता मिति भएका आवेदनमा निर्णय लिइएको थियो ।

आर्थिक बर्ष २०१८ को अन्तिम महिना सेप्टेम्बरमा भने १ जुन २०१६ भन्दा अगाडि प्राथमिकता मिति भएका आवेदनमा निर्णय लिइएको थियो । तर नयाँ आर्थिक बर्ष सुरु हुनासाथ यो अवधि एकैपटक १० महिना अगाडि सरेको थियो ।

अहिलेको अवस्था कायम रहँदा एक्स्ट्रा अर्डिनरी स्वीकृत भइसकेका नेपाली ग्रिनकार्ड आवेदकलाई प्राथमिकता मितिबाट ग्रिनकार्ड प्राप्त गर्नका लागि कम्तीमा १४ महिनासम्म लाग्ने अवस्था रहेको छ भने आवेदन दिनका लागिमात्रै प्राथमिकता मितिबाट ९ महिना कुर्नुपर्ने अवस्था छ ।

अहिलेको अवस्था र गति कायम रहँदा उदाहरणका लागि यदि तपाईको प्राथमिकता मिति सन् २०१८ को डिसेम्बरमा छ भने तपाईले ग्रिनकार्ड आवेदन दिनका लागिमात्रै कम्तीमा अझै ६ महिना कुर्नुपर्ने हुनसक्छ भने ग्रिनकार्ड पाउनका लागि कम्तीमा १२ महिना कुुर्नपर्ने हुनसक्छ । तर आगामी भिसा बुलेटिनमा प्राथमिकता मिति बदलिएको खण्डमा यो समय अझ बढी वा घटी पनि हुनसक्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com