अनामनगरमा सिने इक्यूमेन्ट हाउस


प्रकाशित मिति : फाल्गुन ८, २०७५ बुधबार

काठमाण्डौंको अनामनगरमा ‘सिने इक्यूमेन्ट हाउस’ संचालनमा आएको छ । फिल्म निर्देशक बसन्त निरौला र पब्लिसिटी पोस्टर डिजाइनर बिजय बस्यालले संयुक्त रुपमा यो हाउस सञ्चालनमा ल्याएका हुन् । यहाँ फिल्म छायांकनका लागि चाहिने सम्पूर्ण उपकार पाइने निरौलाले जानकारी दिए ।

‘सिने इक्यूमेन्ट हाउस’ हाउसको सोमबार राष्ट्रिय सभाकी सदस्य एवं गायिका कोमल वली, निर्देशक दीपाश्री निरौला र निर्देशक तथा कलाकार रमेश वुढाथोकीले रिवन काटेर संयुक्त रुपमा उद्घाटन गरे । कार्यक्रममा शुभकामना दिदै ओलीले बर्ष दिनभरी नै हाउसका सामान फिल्म तथा अन्य प्रयोजनका लागि व्यस्त होस् भनेर शुभकामना दिइन् । निर्देशक निरौलाले सफलताको कामना गरिन् ।

संचालक मध्येका एक बसन्त निरौलाले आफूहरुले लामो सोच बोकेर यो हाउस संचालनमा ल्याएको बताए । बजारमा आउने नयाँ प्रविधीलाई पनि हाउसमा भित्राउने योजना रहेको उनले सुनाए । सोही कार्यक्रममा डिजाइनर बस्यालको जन्मदिनको केक पनि काटियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com