‘छक्का पञ्जा’ टिमबाट मुन्द्रे आउट


प्रकाशित मिति : फाल्गुन ५, २०७५ आईतबार

६ एकान ६ हुँदै छक्का पञ्जा ३ सम्म आईपुग्दा यो टिमले नेपाली सिनेमा क्षेत्रमा एउटा रेर्कड बनाईसकेको छ । सर्वाधिक कलेक्सन गर्ने फिल्मको रेकर्ड बनाईसकेको छक्का पञ्जा टिमबाट यस पटक जितु नेपाल मुन्द्रे भने बाहिरिएका छन् । दिपक दीपा यतिबेला छक्का पञ्जा ४ लाई रोकेर गाजलु फेम निर्माता रोहित अधिकारीसंग मिलेर नयाँ फिल्म निर्माणमा जुटिरहेका छन् । जुन फिल्ममा छक्का पञ्जाका टिम नै रहने चर्चा थियो तर रोहितसंगको कोलाब्रेसनमा बन्न लागेको फिल्मबाट जितु नेपाल बाहिरिएका हुन् ।

उनी फिल्मबाट बाहिरिनुको कारण भने ‘मुन्द्रेको कमेडी क्लब ‘ कार्यक्रम भएको जनाईएको छ । यस पटक जितु नेपाल फिल्म निर्माता र कलाकारको रुपमा नरहने दिपकले बताएका छन् । तर फिल्ममा केदार घिमिरे माग्ने बुढा भने एसोसिएट हुने भएका छन् । सम्भवत अब जितु नेपाल यो फिल्मपछि आउँने छक्का पञ्जा ४ मा मात्र देखिने भएका छन् ।

यता जितुले आफनो शो पनि एक बर्षसम्म गर्ने मात्र योजना बनाएका छन् । शोको लोकप्रियता हेरेरमात्र यसको अवधी लम्ब्याउने उनले सुरुवाती चरणमा नै बताईसकेका छन् । जे होस छक्का पञ्जा टिमसंग जितु यस पटक भने बाहिरिएका छन् । दिपक यतिबेला सो नयाँ फिल्मका लागि स्क्रिप्ट लेखनमा व्यस्त रहेका छन् । जसलाई दिपेन्द्रे लामाले निर्देशन गर्नेछन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com