पशुपति शर्मालाई तह लगाउने , पत्रकार पौडेलको गजब प्रस्ताव !


प्रकाशित मिति : फाल्गुन ५, २०७५ आईतबार

नारायण पौडेल / कुरा आजभन्दा चानचुन ३ सय बर्ष पहिलेको हो । संयुक्त अधिराज्यको सामाजिक राजनीतिक अवश्था विचित्रको थियो । समाजमा चरित्रलाई अत्याधिक महत्व दिइन्थ्यो । समाज कूल घराना, गरिव र असहायका बीचमा विभक्त थियो । चरित्रलाई प्रधान ठान्ने समाजमै वेश्यालय व्याप्त थिए । तिनै वेश्यालयबाट प्रतिष्ठित परिवारका पुरुष सदस्यका ससर्गबाट बच्चा पैदा हुन्थे । ती बच्चाको आश्रयस्थल सडक हुन्थ्यो । अस्थायी साधन थिएन । गरिवका बैध बच्चा पनि परिवारका लागि बोझ हुन्थे । गरिविका कारण बालबच्चा सडक बालबालिकामा परिणत हुन्थे । सडकमा बालबालिकको संख्या दिनप्रतिदिन बढ्दो थियो ।

अर्कोतर्फ राज्य आर्थिक क्रान्तिको नारा घन्काउँदै थियो । सभ्रान्तहरुका बीचमा आफ्ना सन्तानका लागि कसले कति खर्च गर्ने भन्ने होडबाजी थियो । जस्ले जति बिलासी जीबनशैलीमा आफ्ना बालबालिकालाई हुर्काउन सक्यो उति नै प्रतिष्ठित दरिने मानक स्थापित भएको थियो । तिनै व्यक्ति जब सडकमा पुग्थे, सडक बालबालिकालाई घृणा गर्थे । ती बालबालिकाका कारण बेलायती समाजको बदनाम भएको ठान्थे । समाजलाई कुरुप बनाएको हुँदा सडकबालबालिका राज्य र शासकवर्गका लागि आँखाको कसिँगरजस्तै थिए ।

सन् १७२९ को कुरा हो । आलोचनात्मक चेतका धनी जोनाथन स्विफ्टले एउटा प्रस्ताव सार्वजनिक गरे । ३ सेन्टमा किन्न पाइने सो प्रस्तावलाई उनकै शब्दमा मोडेस्ट प्रपोजल अर्थात मामूली प्रस्ताव भनिएको थियो । शीर्षक यस्तो थियोः गरिवका सन्तानलाई उनका अभिभावक र राज्यका लागि बोझ हुनबाट रोक्न र उनीहरुलाई सबैका लागि उपयोगी बनाउनका लागि एक मामूली प्रस्ताव ।
यो मामूली भनिएको प्रस्तावले आयरल्याण्ड र बेलायतमा जबरजस्त तरंग पैदा गरिदियो । लामो व्याख्यासहितको सो प्रस्तावको साराँश यस्तो थियो ।

यी बालबालिका तीनका बाबुआमा, राज्य र प्रतिष्ठित जनका लागि टाउको दुखाइ बनेका छन् । यिनीहरुको संख्या दिनँहु बढ्दो छ । संख्या बढेपनि यिनको उपयोगिता केही छैन । बरु समस्या बल्झदै गएको छ । तसर्थ, लौरो पनि नभाँचिने सर्पपनि मर्ने गरी सबैलाई फाइदा हुने उपाय खोजी गर्न जरुरी छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एउटा महत्वपूर्ण उपाय छ । बालबालिकालाई मासुका लागि प्रयोग गर्ने । बालबालिकालाई मासुका रुपमा प्रयोग गर्न थालेपछि सबैलाई फाइदा हुन्छ । गरिवले छोराछोरीलाई सडकमा फाल्ने छैनन् । बरु जति धेरै सन्तान भयो उति धेरै आम्दानी गर्ने छन् । धनीका लागि पनि कुनै टन्टा भएन । सडकमा बालबालिकाको उपद्राइँ देख्न पर्नेछैन । भान्छामै जिब्रो पड्काउँदै तिनलाई चपाउन पाइनेछ । राज्यको आम्दानीको स्रोत थपिनेछ ।

आदि इत्यादि फाइदाको व्याख्या गर्दै लेखकले बालबालिकको अंगपिच्छेका बेग्लाबेग्लै परिकार बनाउन सकिने फेहरिस्थसहितको मेनु उल्लेख गरे । बालबालिकाको मासु पशुपंछीको भन्दा मिठो हुने तर्कसहित उनले बालबालिकाको मासु व्यवसाय चौतर्फी लाभदायी हुने दर्जनौ दृष्टान्त उल्लेख गरे । गरिवको गरिवी हल हुने, धनीको भान्छा मिठो हुने र राज्यको बोझ चट हुने उपाय उनले सविस्तार लेखमा सुझाएका थिए ।

लेखक जोनाथन स्विफ्टले सडक बालबालिका, गरिबी र सामाजिक विसंगतिका बारेमा गम्भीर ढंगले धेरै पटक राज्य र शासकको ध्यान आकर्षित गर्ने प्रयास गरेका थिए । तर सुनुवाइ भएन । त्यसपछि उनले व्यंग्यबाँण छेडेका थिए मामूली प्रस्तावमार्फत । बाँण यतिशक्ति बनिदियो कि यसले राज्यलाई पूरै सोच्न बाध्य बनाइदियो । समाजलाई उद्देलित गरायो । पश्चिमा मुलुकको बालबालिकासम्बन्धी विशेष व्यवश्था र लोककल्याणकारी चरित्रलाई धेरैले जोनाथनको जोडदार प्रहारको दीर्घकालिन प्रभाबका रुपमा बुझ्ने गर्दछन् ।

३ सय बर्ष अगाडि जोनाथन स्विफ्टले बालबालिकालाई मासुको रुपमा खपत गर्ने र आम्दानीको स्रोतका रुपमा रुपान्तरण गर्ने भनि गरेको प्रस्तावलाई समाजले व्यङ्ग्यका रुपमा ग्रहण ग¥यो । राज्यका तर्फबाट नीतिगत सुधारका प्रयास गरिए । प्रतिष्ठित परिवारले आफ्नो व्यवहारमा परिवर्तन गरे । गरिब घरमा जन्मेकै कारण आधारभुत सुविधाबाट बञ्चित हुन नपर्ने, बरु असाहय बालबालिकको अभिभावक राज्य बनिदिने नीतिको सूत्रपात भयो ।

जोनाथन स्विफ्टकै स्तरको कडा व्यङ्ग्य त होइन, पशुपति शर्माले गायकीमार्फत नेपाली समाज र राज्यको विसंगतिमाथि प्रहार गर्ने प्रयास गरे । सामाजिक संजालमार्फत सार्वजनिक भएको उनको गीत भाइरल भयो, तर उति नै गतिमा भगाइयो । उनले गरेको व्यङ्ग्यलाई सत्ताले सोझोरुपमा अर्थाउन खोज्यो । लुट्नका लागि अभिप्रेरित गरेको भनि उल्टो उनीमाथि राज्यविरुद्ध अपराध गरेको आरोप लगाइयो । स्विफ्टजस्तो शर्मा प्रतिआलोचनाको घानमा टिक्न सकेनन् । बरु, मैदानबाट पछि हटे ।

राज्यको चरित्र भनेको नागरिकका गुनासालाई सुन्ने र आफूलाई आवश्यकता अनुसार परिमार्जन गर्दै लैजाने हो । तर, पशुपति प्रकरणले बेग्लै मानक स्थापित गरेको देखिन्छ । राज्य सुध्रिन तयार छैन, बरु कसैले सुध्रिन भन्छ भने उसलाई निस्तेज पार्नेछ । राज्यशक्ति, राजनीतिक संगठन र पछुवाहरुमार्फत आवाजलाई दबाउने र तर्कलाई कुतर्कमार्फत विस्तापित गर्ने शैली जबरजस्त बनेको छ ।
पशुपति शर्माको गीतमा प्रयोग भएका एकाध शब्दका बारेमा मत विभाजित हुन सक्छ । तर, विषय शब्द होइन । सारमा पशुपतिले जे प्रस्तुत गरेका छन् राज्यको रुप त्यस्तै छ । पशुपतिको गीत त ऐनामात्र हो ।

आफू गतिलो देखिइँन भनेर ऐना फोर्नेकी आफूलाई गतिलो देखाउन प्रयास गर्ने ? महत्वपूर्ण सवाल यो हो । एक पशुपतिको मुख सिइएला तर अनेक पशुपति पाशुपत क्षेत्रमा देखिनेछन् । पशुपतिको युट्युव अकाउन्टबाट गित हट्यो । तर, हजारौँ अकाउन्टमा सो गित अपलोड भयो । आखिर कुरा एउटा पशुपतिको कहाँ हो र ?

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com