गुड्ने भयो नेपालमा विद्युतीय रेल, थालियो रेलमार्गको सर्भे


प्रकाशित मिति : फाल्गुन ४, २०७५ शनिबार

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पूर्व–पश्चिम विद्युतीय रेल मार्गको बाँकी रहेको सर्भेको काम अघि बढाएको छ । बाराको निजगढदेखि नवलपरासीको चमसरियासम्मको १ सय ३५ किमि रेल्वे लाइनको सर्भे अघि बढाएको रेल्वे विभागका प्रमुख बलराम मिश्रले जनाए ।

‘बीचमा पर्सा र चितवन राष्ट्रिय निकुञ्ज पर्ने भएकाले काम रोकिएको थियो,’ उनले भने, ‘अब निकुञ्जबाट नभएर मानव बस्ती भएको स्थानबाट सर्भे गर्दै छौं, काम अघि बढिसक्यो ।’ उनका अनुसार जम्मा ९ सय ४५ किमिमध्ये ८ सय १० किमि लाइन सर्भे गरिसकिएको छ ।

यसअघि पथलैयाबाट माडी क्षेत्रको जंगल हुँदै रेलमार्ग निर्माणका लागि प्रस्ताव गरिएको थियो । निकुञ्जले बीच भागबाट रेल कुदाउँदा दुर्लभ वन्यजन्तुहरूको संरक्षणमा चुनौती थपिने भन्दै अनुमति नदिने अडान लिएको थियो । त्यसपछि रेल्वे विभागले निजगढदेखि चमसरियासम्मको क्षेत्रलाई प्रस्ताव गरेको थियो । ‘जंगलमा रेल्वे लाइन आवश्यक पनि थिएन,’ उनले भने, ‘त्यसकारण यो राम्रो काम पनि भयो ।’ रेल लाइन निर्माण गर्दा ठूल्ठूला मेसिन प्रयोग गरिने र त्यसले गर्दा वन्यजन्तु र वातावरणमा असर भन्दै आरक्षले विरोध जनाएको थियो । त्यसपछि विभागले रेल लाइन परिवर्तन गरेको थियो ।

८ सय १० किमिको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) काम पनि अघि बढिरहेको भन्दै उनले तीव्रताका साथ काम हुने बताए । ‘अब निजगढबाट नवलपरासीसम्म राजमार्गको पूर्व–पश्चिम भएर रेल चल्छ,’ उनले भने । बर्दिबास–सिमरा खण्डमा ३० किलोमिटरको रेल्वे ट्रयाक निर्माण भइरहेको विभागले जनायो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पहिलो चरणमा महोत्तरीको बर्दिबासदेखि सर्लाहीको लालबन्दीसम्मको खण्डमा ट्रयाक खोल्ने काम अघि बढाइनेछ । विभागले पूर्व–पश्चिम रेलमार्गको मूल रुटलाई नौ खण्डमा विभाजन गरेको छ । बुटवलदेखि गड्डाचौकीसम्म चार वटा खण्डमा अहिले डीपीआर तयार गर्ने काम धमाधम भइरहेको छ । ४ सय २१ किलोमिटरको बुटवल–लमही, लमही–कोहलपुर, कोहलपुर–सुक्खड, सुक्खड–गड्डाचौकी खण्डहरूमा विभिन्न कम्पनी संलग्न रहेको मन्त्रालयका एक उच्च अधिकारीले बताए ।

जग्गा अधिग्रहण र रूख कटानमा समस्या रहेको ती अधिकारीले बताए । रेलमार्ग निर्माणको प्रक्रिया सन् २००८ बाटै सुरु भएको थियो । रेलमार्ग निर्माण कार्यले अपेक्षा गरेअनुसार अझै पनि गति लिन भनेसकेको छैन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com