बलिवुडमा एक ताकाका नामुद भिलेन “महेश आनन्द” रहेनन
प्रकाशित मिति : माघ २७, २०७५ आईतबार
भारत को बलिवुड मा चलचित्र मा जती लोक्प्रिय हुदछन चलचित्र मा नकारत्मक भुमिका गर्ने कलाकार जसलाई भिलेन भनिन्छ, उनी हरु पनी त्यती नै लोक्प्रिय हुने गर्दछन। त्यस्तै भिलेन मध्ये का एकजना भिलेन जसले बलिवुड मा ८० र ९० को समय मा बलीवुड का चलचित्र हरुमा भिलेन को रुप मा धेरै लोकप्रियता प्राप्त गरेका कलाकार महेश आनंद को निधन भएकोछ।
महेश आनंद ५७ बर्ष पुगेका थीए। उनले बलीवुड मा एक समय मा आफ्नो अभिनय ले धेरै नाम र चर्छ कमाएका थिए। अहिले सम्म उन्को मृत्यु को कारण भने पत्ता लगेको छैन। टाइम्स नाउ को एउटा रिपोर्ट का अनुसार, महेश को शरिर लाई कूपर अस्पताल मा पोस्टमॉर्टम का लागी पठाईेकोछ।

उनको अन्तिम चलचित्र रंगीला राजा थियो। यस चलचित्र मा गोविंदा लीड भूमिका मा थिए। धेरै कठीनाई पछी रिलीज़ भएको यस चलचित्र लाई लिएर महेश ले सामाजिक सन्जाल मा केही लेखेका पनी थिए।
महेश ले बलीवुड का कईयौ हिट चलचित्र हरुमा काम गरेका छन। उनले कुरुक्षेत्र, कुली न। १, स्वर्ग, विजेता र शहंशाह जस्ता कईयौ लोकप्रिय चलचित्र हरुमा काम गरेका थिए। उनी संजय दत्त, गोविंदा, अमिताभ बच्चन, सन्नी देओल र धर्मेन्द्र जस्ता कलाकार हरुका साथ धेरै चलचित्र हरु मा काम गरिसकेकाछन। रिपोर्ट का अनुसार, महेश वर्सोवा को आफ्नो घर मा एकलै बसीरहेका थिए।
जब उन्को मृत्यु को खबर उनकी पूर्व श्रीमती उषा बचानी लाई सुनाईयो, उन्की पूर्व श्रीमती ले भनिन, ” मलाई उस्को मृत्यु को बारेमा केही थाहा छैन । हामी २००२ पछी एक-अर्का को टच मा छैनौ।” रिपोर्ट्स का अनुसार, महेश आर्थिक समस्या पनी भोगी रहेका थीए। एेउटा मिडिया को अन्तर्बार्ता मा उनले भने का थिए कि १८ बर्ष देखी उनले कुनै चलचित्र मा काम गर्ने मौका पाएका छैनन। तर उन्को अन्तिम चलचित्र रंगीला राजा पछी उनी निकै खुशी देखिन्थे।








