गायिका भुमिका गिरीले गरेको आर्थीक सहयोगको चौतर्फि चर्चा
प्रकाशित मिति : पुस २९, २०७५ आईतबार
सबैलाई नचाउने र सबैलाई हसाउने गायिका भुमिका गिरीले आज सबैलाई भावुक बनाएकी छन । पछिल्लो समय युउटुवमा भाइरल बनेका कृष्ण ओलीको जोडीलाई सहयोग स्वरुप रु पचास हजार हस्तान्तरण गरेर प्रशंसाको पात्र बनेकी छन ।
उनले आज आफ्नो सामाजिक सञ्जाल मार्फत सहयोग गरेको जानकारी दिएकी छन । दुर्घनामा परि दुवै हात गुमाएका कृष्ण ओलीको कृतिम हात राख्नको लागि आर्थीक अभाव भएको समाचार बाहिरीएका थिए । सोहि अभियान अन्तरग विभिन्न निकायबाट आर्थीक सहयोग भइरहेको छ ।

यसो त नेपाली गित संगितमा पछिल्लो समय त्यति धेरै आम्दानी हुँदैन । स्टेश र विदेशमा हुने कार्यक्रमबाट जिवन धान्न पनि मुस्किल छ आफ्नो यस्तो अबस्थामा पनि भुमिकाले गरेको सहयोगको सबैले सम्मान र सिको गर्नु जरुरी रहेको छ ।
मनकारी भुमिकाले गरेको सहयोगले लोकदोहोरीमै गर्वको विषय रहेको जानकारहरु बताउछन । साथै सहयोग गर्न पाँउदा आफुलाई खुसि लागेको गिरीले जानकारी दिइन । सहयोग रकम हस्तान्तरण गर्ने बेलामा उनीहरुको पिडा देखेर भुमिकाले भक्कानीएर रोएकी थिइन ।






