फूल्चोकी जङ्गलमा हराइरहेका १६ किशोर–किशोरीको प्रहरीद्वारा सकुशल उद्धार


प्रकाशित मिति : पुस २९, २०७५ आईतबार

ललितपुरको गोदावरी नगरपालिकामा रहेको फूल्चोकी जङ्गलमा हराइरहेका १६ जनाको महानगरीय प्रहरी परिसर ललितपुरले सकुशल उद्धार गरेको छ ।

शनिबार साँझ जङ्गगलमा घुम्न गएकाहरु हराएको भन्ने सूचना महानगरीय प्रहरी कन्ट्रोलमार्फत ललितपुर प्रहरीले पाएको थियो । सूचना पाउना साथ परिसरबाट प्रहरी वरिष्ठ उपरीक्षक रबिन्द्र बहादुर धानुक, प्रहरी उपरीक्षक शेखर खनाल, प्रहरी नायव उपरीक्षक नारायण प्रसाद चिमरिया तथा महानगरीय प्रहरी वृत सातदोबाटो, महानगरीय प्रहरी प्रभाग बाडेगाउँ समेत बाट गरी ७ वटा छुट्टाछुटै टोली खोजी तथा उद्धारको लागि परिचालित भएको थियो ।

खोजी गर्दै जाँदा गोदावरी बसपार्कबाट अन्दाजी १० किलोमिटर पूर्व फूल्चोकी जङ्गगलको बीच खोँचबाट साँझ साढे ६ बजेको समयमा अलपत्र परेका १२ किशोर तथा ४ किशोरीलाई फेला पारेको थियो ।

उनीहरुलाई सकुशल उद्धार गरी महानगरीय प्रहरी प्रभाग, बाडेगाउँ ल्याएर अभिभावकको जिम्मा लगाई पठाइएको प्रहरीले जानकारी दिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रहरीका अनुसार घुम्ने क्रममा फूल्चोकी पुगेको ८–८ जनाको छुट्टाछुट्टै समूह बाटो बिराई अलपत्र परेका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com