छोराछोरीको कमाइको निश्चित प्रतिशत आमाबाबुको बैंक खातामा जम्मा गर्नुपर्ने


प्रकाशित मिति : पुस २८, २०७५ शनिबार

छोराछोरीले मासिक रुपमा गर्ने कमाइको निश्चित प्रतिशत अब आमाबाबुको बैंक खातामा जम्मा गर्नुपर्ने भएको छ । सरकारले ज्येष्ठ नागरिकसम्बन्धी ऐन संशोधन गर्दै यस्तो व्यवस्था गर्न लागेको हो ।

सरकारका तर्फबाट राष्ट्रिय सभामा दर्ता भएको विधेयकमा मूल ऐनले परिभाषित गरेअनुसार ६० वर्षभन्दा माथि उमेर पुगेका आमाबाबुको नाममा कमाइको निश्चित प्रतिशत रकम बैंक खातामा जम्मा गर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको हो । ऐनको प्रारम्भिक मस्यौदामा १० प्रतिशत रकम जम्मा गर्नुपर्ने व्यवस्था रहेको छ तर प्रस्तावित विधेयकमा नियमावली वा निर्देशिकाबाट रकम तोक्ने प्रस्ताव गरिएको छ ।

प्रस्तावित विधेयकअनुसार सार्वजनिक पद धारण गरेका व्यक्ति, अन्तर्राष्ट्रिय वा अन्तरसरकारी संघसंगठन तथा कम्पनीबाट पारिश्रमिक लिइरहेका व्यक्ति, स्वरोजगार, व्यापार वा अन्य आयबाट तोकिएभन्दा बढी आम्दानी गर्ने व्यक्तिका साथै निवृत्तिभरण पाइरहेका व्यक्तिले पनि आमाबाबुको नाममा रकम जम्मा गर्नुपर्नेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com