‘बुटिक विमानस्थल’ बन्ला त त्रिभुवन विमानस्थल ?


प्रकाशित मिति : पुस २६, २०७५ बिहीबार

त्रिभुवन अन्तर्राष्ट्रिया विमानस्थलको नाम सुन्ने अधिकांशले फोहोर शौचालय, अव्यवस्थित पार्किङ, ट्याक्सीद्वारा यात्रु तानातान, भीडभाड फोहोरमैलाले कुरुपलगायत नकारात्कम दृष्य सम्झन्छन् । अबको केही महिनापछि विमानस्थलमा यस्तो भद्रगोल सायद देखिने छैन ।

बरु यो विश्वकै पहिलो बुटिक विमानस्थलका रुपमा परिणत हुनेछ । अहिले त्रिभुव अन्तर्राष्ट्रिया विमानस्थलको नामले चिनिँदै आएको यो स्थलको नाम सम्भव काठमाडौं बुटिक इन्टरनेसनल एयरपोर्ट हुनेछ ।

यसका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सबै तयारी पूरा गरिसकेको दाबी गरेको छ । ‘झन्डै नौ महिनाअघिदेखि थालिएको तयारीबारे पर्यटन मन्त्रालयका एक अधिकारीले भने, ‘हामी बैशाख १ गतेदेखि घोषणा गर्दै छौँ ।’ केही समय पहिले प्रधानमन्त्री केपी शर्मा ओलीले यसबारेमा एउटा टेलिभिजन कार्यक्रममार्फत सार्वजनिक पनि गरिसकेका छन् ।

विमानस्थलमा पर्यटन मन्त्रालयले भित्री भागमा पोस्टर र विज्ञापन निकालेर नेपाली पहिरन, वेशभूषा जनजीवन, खानपान झल्किने कलासंस्कृति राख्ने जनाएको छ ।  यसका लागि १५ करोड बजेट अनुमान गरिएको जनाउँदै नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले तयारी गरिरहेको बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com