हत्या अभियोगमा एक महिलालाई जन्मकैद


प्रकाशित मिति : पुस २५, २०७५ बुधबार

जिल्ला अदालतले हत्या अभियोगमा एक महिलालाई जन्मकैदको फैसला सुनाएको छ ।

अदालतले टेम्केमैयुङ गाउँपालिका–९ लेखर्ककी २६ वर्षीया रीमा भनिने रेमकुमारी राईलाई जन्मकैदको फैसला गरेको हो । अभियुक्त राईले सोही वडाकी स्थानीय ईश्वरमाया राईलाई गरगहना चोरेर दाउरा र ढुङ्गाले टाउकामा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

न्यायाधीस हरिश्चन्द्र इङनामको एकल इजालसले मङ्गलबार सो फैसला गरेको हो । राईले २०६९ असोज ६ गते आफन्त ईश्वरमायालाई बाटोमा कुटपिट गरी हत्या गरेको आरोप थियो । पीडितका आफन्तले दिएको किटानी जाहेरीका आधारमा राईलाई पक्राउ गरिएको थियो ।

त्यस्तै अदालतले बालिका जबर्जस्तीकरणी गर्न खोज्ने अरुण गाउँपालिका–४ चरम्बीका लालबहादुर श्रेष्ठलाई सात वर्ष कैद र ७५ हजार क्षतिपूर्तिको फैसला गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

श्रेष्ठले गत असोज १ गते सोही ठाउँकी ११ वर्षीया बालिकालाई गाई गोठमा लगेर करणी गर्न खोजेको भन्दै बालिकाका परिवारले उजुरी दिएपछि प्रहरी नियन्त्रणमा लिइएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com