पोखरामा फेला परेको रुसी परिवारलाई स्वदेश फर्काइँदै


प्रकाशित मिति : पुस २५, २०७५ बुधबार

अध्यागमन विभागको हिरासतमा रहेको रुसी परिवारका सबै ४ जनालाई पुसभित्र स्वदेश फर्काइने भएको छ।

खहरेखोलाबाट पक्राउ परेका खामोव दिमित्री (४६), उनकी श्रीमती कोभालिन्को भेलिरिया (२६), कोभिलिन्को बोग्दान (३) र इमेलिन (११ महिना) लाई पुसभित्र रुसमै ‘डिपोर्ट’को प्रकृया अगाडि बढाइएको विभागका प्रवक्ता विष्णु उपाध्यायले जानकारी दिए।

१२ अप्रिल २०१६ मा पर्यटक भिसामा काखे छोरो कोभिलिन्को बोग्दान लिएर नेपाल छिरेका रुसी दम्पत्तीले ११ महीनाअघि दोस्रो सन्तान इमेलिनलाई पोखरामा जन्म दिएका थिए।

पोखरा आसपासमा होटल र कृषि मजदूरी गरेर पालिएको परिवारलाई शंकास्पद ठानी गाउँलेले खबर गरेपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको थियो। उनीहरूको नेपाल बसाईको ओभर स्टे (भिसा म्याद नाघेपछिको बसाइ) ९७७ दिन भएको विभागले जनाएको छ। त्यसअनुसार उनीहरूले जनही ४ हजार ८८५ डलर जरीवाना तिर्नुपर्नेछ। राहदानी नभएका कारण कान्छा छोरा इमेलिनले भने जरीवाना तिर्नु पर्दैन।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अध्यागमन कानूनअनुसार भिसाको म्याद गुजारेर नेपाल बस्दा जनही प्रतिदिन ५ अमेरिकी डलर जरिवाना लाग्छ। त्यस्ता व्यक्तिलाई कारवाहीपछि उनीहरूको देश ‘डिपोर्ट’ गर्ने गरिन्छ।

हिमालखबर

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com