नेपाली युवा स्टार अनमोल केसी अमेरिका प्रस्थान गरेका छन् । नेपालमा ‘ब्याचलर बन्टी’ चलचित्र छाडेको चर्चा सेलाउन नपाउँदै उनी मङ्गलवार राती २ बजेको समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिका उडेका हुन् ।
उनी आफ्नो आउँदो चलचित्र ‘ए मेरो हजुर ३’को एक गीतको सुटिङका लागी अमेरिका लागेका हुन् । अनमोलले ‘ब्याचलर बन्टी’ चलचित्रको विषयमा बोल्दै एअरपोर्टमै भने ‘हो मैले अहिले चलचित्र गर्दिन भनेको हो ।’
साथै उनलाई सञ्चारकर्मीहरूले तपाईँको ठाउँमा कसले गर्दा हुन्छ त कुनै सल्लाह भन्दा अहिले बजारमा चलेका प्रदीप, पल, सलिनमान जसले गर्दानि हुन्छ भन्दै उत्तर दिए । साथै उनले नायिका सारा सिर्पालीसँगको प्रेम चर्चा मात्र चर्चामै सीमित रहेको बताए ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।