नेपाली सेनाको सक्रियता: फास्ट ट्रयाक निर्माणमा तीब्रता


प्रकाशित मिति : पुस २५, २०७५ बुधबार

राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई÷मधेस दु्रतमार्ग (फास्ट ट्रयाक) निर्माणको काम तीब्र गतिमा अगाडि बढेको छ । निर्माणको जिम्मेवारी पाएको नेपाली सेनाले निर्माण व्यवसायी कम्पनीसँग सम्झौता गरेर फास्ट ट्रयाक निर्माणलाई गति दिएको हो ।तोकिएको समयसीमाभित्र नै सम्पन्न गर्ने लक्ष्यको साथ सेनाले आफ्नो सक्रियता बढाएको छ । फास्ट ट्रयाक निर्माणको कामलाई थप प्रभावकारी बनाउनको लागि नेपाली सेनाले विभिन्न स्थानमा क्याम्प खडा गरेको छ । १० वटा क्याम्प मध्ये नौ स्थानमा क्याम्प खड भइसकेको छ ।

हाल २३ वटा प्याकेजमा ठेक्का आह्वान गरेर निर्माण व्यवसायीसँग सम्झौता भइसकेको नेपाली सेनाले बताएको छ ।काठमाडौँ उपत्यकालाई तराईसँग सडक सञ्जालमा जोड्ने सबैभन्दा छोटो ७६.२ किलो मिटर दूरीको मुलुकको आर्थिक विकासको मेरुदण्ड मानिएको दु्रतमार्ग निर्माण आयोजनालाई नेपाली सेनाले इतिहास रच्ने ठूलो अवसरका रुपमा धमाधम निर्माण गरिरहेको छ ।मूलुकको आर्थिक विकासको कोशेढुगा सावित हुने फास्ट ट्रयाक निर्माणका लागि सेनाले निरन्तरत कामसँगै प्रभावकारी अनुगमन समेत गर्दै आएको छ ।आयोजनाको अनुसार पहाडमा २५ र तराईमा २७ मिटरको चौडाई हुनेछ ।

फास्ट ट्रयाक निर्माणको लागि नेपाली सेनाले विभिन्न खण्ड खण्डमा विभाजित गरेर ठेक्का लगाएको लक्ष्य अनुसारको काम भए÷नभएको दैनिक रुपमा अनुगमन गर्दै आएको छ ।नेपाली सेनाले निर्माणको जिम्मा लिएको काठमाडौं–तराई फास्ट ट्रयाकको विस्तृत आयो जना प्रतिवेदन (डिपीआर) कोरियन कम्पनी सुसुङ्गले तयार गर्ने भएको छ । आगामी माघभित्र कम्पनीले डिपिआरको रिपोर्ट बुझाउने छ । आयोजनाको डिपीआर निर्माणका लागि आह्वान गरिएको इओआईमा आवेदन दिएका १७ कम्पनीमध्येबाट कोरियन सुसुङ्गलाई छनोट गरिएको थियो ।

ललितपुरको खोकनादेखि बाराको निजगढमा जोडिने दु्रत मार्ग निर्माणले काठमाडौं र तराई आवतजावत गर्न निकै सहज हुनेछ ।फास्ट ट्रयाकलाई चार लेनको आधुनिक तथा सुविधा सम्पन्न सडक बनाउने गरी काम अगाडि बढेको छ । सडक ललितपुरको खोकना बाट काठमाडौंको चाल्नाखेल तथा दक्षिणकाली, इपागढी, छतिवन र धियाल हुँदै बाराको रतनपुरी लालगाउँ र निजगढको पूर्व–पश्चिम राजमार्गसँग जोडिनेछ ।२०७४ असोज २७ गते बसेको मन्त्रिपरिषद् बैठकले यस भन्दा पहिले एडिबीले निर्माण गरेको डिटेल फिजि बिलिटी रिपोर्ट खरिद गर्ने निर्णय गरेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तर पछि कुरा नमिलेपछि नेपाली सेनाले डिपिआर निर्माणका लागि पुनः टेण्डर आह्वान गरेको थियो । २०७४ वैशाख २१ गतेको मन्त्रिपरिषद्को निर्णयबाट ४ बर्षमा काम सक्नेगरी फास्ट ट्रयाक निर्माणको जिम्मा दिएको थियो । काठमाडौं उपत्यकाबाट करिब १ घ ण्टामा निजगढ पुग्न सकिने गरि निर्माण हुन लागेको फास्ट ट्रयाक ९९ वटा पुलको प्रस्ताव गरिएको छ भने तीन वटा सुरुङ मार्ग हुनेछ ।नेपाली सेनाले फास्ट ट्रयाक निर्माणको क्रममा पर्ने रुख कटानको काम पनि धमाधम गरिहेको छ । रुख काट्ने कार्यमा संलग्न नेपाली सेनाका जवानहरुलाई दैनिक १५० देखि ५५० सम्म थप रकम उपलब्ध गराइने भएको छ ।

सड्क आयोजनाले काटेको एउटा रुख बराबर २५ ओटा रुख रोप्नुपर्ने गरी वन विभागसँग नेपाली सेनाले सम्झौता गरेको छ । सम्झौताअनुसार वन मन्त्रालयले उपलब्ध गराएको जग्गामा आयोजनाले वृक्षारोपण गर्नेछ । आयोजना निर्माणस्थलमा नेपाली सेनाका १ हजार २ सय सैन्य कर्मचारी खटिएका छन् ।सेनाले नै दु्रतमार्गको ट्रयाक खोल्ने काम यस अघि नै सम्पन्न गरिसकेको छ । अबको झण्डै तीन बर्षभित्र सेनाले फास्ट ट्रयाक निर्माण सम्पन्न गरिसक्नुपर्ने समयसीमा तोकिएको छ । नेपाल सरकारले आफ्नै लगानीमा निर्माण सुरु भएको फास्ट ट्रयाकको निर्माण लागत करिब १ खर्ब १२ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

एसियाली विकास बैंक (एडीबी) ले सन् २००८ मा विभिन्न फास्ट ट्रयाकबारे अध्ययन गरेको थियो । उपत्यकाबाट तराई जोड्ने सबैभन्दा उत्तम बाटो काठमाडौं–निजगढलाई लिइएको हो । फास्ट ट्रयाक उपत्यकाको ललितपुरको खोकनाबाट सुरु हुन्छ त्यसपछि बकैया खोलाको किनारैकिनार हुँदै निजगढ पुगेर समाप्त हुन्छ । फास्ट ट्रयाक निर्माण निर्माण भएपछि नारायणगढ–मुग्लिन हुँदै काठमाडौं आउने सडकको तुलनामा काठमाडौं तराई फास्ट ट्रयाकबाट यात्रा गर्दा १ सय ६० किलोमिटर दूरी छोटो हुनेछ । यस सडकबाट यात्रा गर्दा तराईबाट राजधानी छिर्ने यात्रुहरूको ४ घण्टा समय पनि बचत हुनेछ ।

सडक निर्माणको क्रममा पर्ने जग्गाको मुअब्जा वितरणको कामलाई पनि सेनाले तीब्रता दिएको छ । सडक निर्माणको विषयलाई लिएर ललिपुरको खोकनावासीले जनाएको असमतिलाई पनि समाधान गर्ने कार्यमा गृहकार्य गरिरहेको छ । सेनाले फास्ट ट्रयाकको प्रस्था न विन्दु खोकना नै उपयुक्त भएको बताएको छ । मक्खुबेंसी, कुलेखानी, लेडडाँडा, बुदुने र निजगढमा शिविर खडा गरेर रुख कटान गर्ने र हटाउने, सडकको रेखाङ्कन गर्ने र सडक निर्माण गर्ने कार्यलाई अघि बढाइएको छ । त्यस क्रमममा निजगढमा सात कि मी क्षेत्रमा २७ मि फराकिलो द्रुत मार्गले एउटा आकार लिइसकेको छ ।

पूरातात्विक सम्पदा कुदेश, श्रीकाली मन्दिर मासिने भन्दै स्थानीयबासीले आन्दोलन गरेपछि फास्ट ट्रयाकमा खोकनाको विकल्प खोजिएको थियो ।तर फास्ट ट्रयाक निर्माणको जिम्मा पाएको सेनाले भने खोकना क्षेत्रमा ५१ प्रतिशत जग्गाको मुआब्जा समेत वितरण भइ सकेको र बाँकी ४९ प्रतिशत क्षेत्रफल अधिग्रहणका लागि पुरानै मुल्याकंन अनुसार हुने बताएको छ ।फास्ट ट्रयाक निर्माणले स्थानीयलाई पनि उत्साहित बनाएको छ । बारा निजगढका स्थानीय पदम घोरासइनी लामो समय अलमल भएपनि सरकारकै लगानीमा नेपाली सेनाले तीब्र गतिमा काम अगाडि बढाएपछि खुसी लागेको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘तोकिएकै समयमा सडक निर्माण सकिए एक घण्टामै काठमाडौ आवतजावत गर्न सकिन्छ भन्ने आशा पलाएको छ ।’निजगढमा सात किमी क्षेत्रमा २७ मि फराकिलो द्रुत मार्ग निर्माण कार्यमा नेपाली सेना अहोरात्र खटिएको छ । सडक निर्माणमा दर्जनौँको संख्यामा स्काभेटर, डोजर, लोडर र ट्रिपर प्रयोग गरी सडकको रेखाङ्कन गरिएको क्षेत्रमा माटो कटान गर्ने, हटाउने, बाहिरबाट ल्याएर पुर्ने र सम्याएर त्यसको परीक्षण गर्ने काम अघि भइरहेको छ । उक्त सडक खण्डमा जमिनबाट छ मिटर माटो फि लिङको काम जारी छ । उक्त सडक खण्ड अन्तर्गत ४८ प्रतिशत काम सम्पन्न भइसकेको आयोजनाले बताएको छ ।

सडक निर्माणका लागि मात्रै करिब १५ हजार मेट्रिटन विस्फोटक पदार्थ आवश्यक पर्ने अनुमान आयोजनाले गरेको छ । फास्ट ट्रयाकको दायाँबायाँ ५० मिटरसम्म जग्गा अधिग्रहण गरिएको छ । उक्त सडक सञ्चालनमा आएपछि नेपालको बृहत्तर विकासमा ठूलो यो गदान पुग्ने अपेक्षा गरिएको छ ।फास्ट ट्रयाक सर्वाधिक महत्वको आयोजना हो । फास्ट ट्रयाक निर्माण भएपछि सैयौं डाँडापाखाहरूका घुम्ती छिचोल्नुपर्ने झन्झट हटने छ । नेपालको फास्ट ट्रयाक निर्माणमा नेपाली सेनाको श्रम,सीप, प्रविधि र अनुभव समेटेर निर्माण भइरहेको छ ।

राष्ट्रिय गौरवको आयोजना समयसीमाभित्र नै निर्माण गर्ने अवसर र चुनौती पनि नेपाली सेनाको काँधमा रहेको छ ।निजगढमा निर्माण गरिने अन्तर्राष्ट्रय विमानस्थललाई समेत मध्यनगर गर्दै निर्माण गर्न लागिएको यो सडकबाट छिमेकी देश भारत र चीनलाई समेत जो ड्ने उदेश्य समेत राखिएको छ । २०६९ सालमा नेपाली सेनाले काठमाडौंदेखि तराई÷मधेस दु्रतमार्गको ट्रयाक ओपन गरेको थियो । फास्ट ट्रयाक निर्माणको लागि करिब १ खर्ब १२ अर्ब लाग्ने बताइए पनि डिपिआरको रिपोर्ट अनुसार बढ्ने सम्भावना रहेको छ।स डक निर्माण सुरु भएपछि मुअब्जा सहित सडक निर्माणको लागि ८ अर्ब रुपैयाँ खर्च भएको छ ।

सडक निर्माणको क्रममा पर्ने २० हजार रुख काटने काम सकिएको छ भने थप एक हजार रुख कटान गर्ने तयारी सेनाले गरेको छ । नेपाली सेनाका अनुसार फास्ट ट्रयाक निर्माण अन्तर्गत अहिलेसम्म ९६ प्रतिशत मुअब्जा वितरण गर्ने काम सम्पन्न भइसकेको छ ।म पूर्ण रुपमा विश्वास दिलाउन चाहन्छु, राष्ट्रिय गौरवको आयोजना समयसीमाभित्र नै सम्पन्न हुन्छ । यसमा कुनै दुविधा छैन् । नेपाली सेनालाई सरकारले दिएको जिम्मेवारी पूर्ण रुपमा पालना गर्दा सबैको चासो र आशाको केन्द्र फास्ट ट्रयाक तोकिएकै समयभित्र निर्माण हुन्छ । हामीले स्पष्ट लक्ष्य र योजना बनाएर नै तीब्र गतिमा काम अगाडि बढाएका छौं । गत बर्ष हामीलाई प्राप्त भएको बजेट मध्ये ९५ प्रतिशत काम गरेका छौं ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com