कुवेतमा ४८ नेपालीको मृत्यु, ८ करोड बढी क्षतिपूर्ति रकम उपलब्ध


प्रकाशित मिति : पुस २५, २०७५ बुधबार

वैदेशिक रोजगारको सिलसिलामा कुवेतमा यो वर्ष ४८ नेपालीले ज्यान गुमाएका छन् । नेपाली दूतावास कुवेतले प्रेस विज्ञप्ती जारी गर्दै गतवर्ष कुवेतमा ह्दयघात, विभिन्न स्वास्थ्यसम्बन्धी रोग, सडक दुर्घटना, आत्महत्या, कार्यक्षेत्रमा हुने दुर्घटना आदिका कारण मृत्यु भएका ४८ जना नेपालीको मुत्यु भएको जानकारी गराएको हो । त्यसमध्ये ३६ पुरूष र १२ महिला रहेका छन् । मृतकहरुको शव कानुनी प्रकृया पूरा गरी राजदूतावासबाट तत्कालै नेपाल पठाउने कार्य समेत भएको दूतावासले जनाएको छ ।

वैदेशिक रोजगारको सिलसिलामा कुवेतमा कायर्रत रहँदा घाइते एवं मृत्यु भएका नेपाली नागरिकहरूको क्षतिपूर्ति प्राप्तिका लागि यस राजदूतावासले कानुन व्यवसायीको सहयोग तथा परामर्श लिएर गरेको निरन्तरको कार्यको फलस्वरूप सन् २०१८ मा घाइते एवं मृतक कामदारहरूको क्षतिपूर्ति वापतको बिमा रकम, बाँकी तलब, सेवापश्चात पाउने रकम, सम्बन्धित कम्पनीबाट प्राप्त सहयोग इत्यादि गरी २,४८, ८३३.५५ कुवेती दिनार अर्थात् करीब आठ करोड सन्ताउन्न लाख चालिस हजार रुपैयाँ प्राप्त गरी सम्बन्धित कामदारहरूका कानूनी हकदारहरूलाई उपलव्ध गराइदिन नेपाल सरकार, परराष्ट्र मन्त्रालयमा विभिन्न समयमा पठाइसकिएको विज्ञप्तीमा उल्लेख छ । उक्त कूल रकममा विज्ञप्तीमा उल्लेख १२ जनाका अतिरिक्त अन्य ३६ जना मृतक कामदारहरूको नाममा प्राप्त भएको १०,९३३.५१ कुवेती दिनार (अमेरिकी डलर ३५,९३८.५२) समेत समावेश गरिएको जनाइएको छ ।

साथै, सन् २०१८ मा राजदूतावासद्वारा कुवेतको घरेलु कामदार एवं कम्पनी क्षेत्रमा कार्यरत नेपाली कामदारहरूका विभिन्न जटिल समस्याहरू समाधान गर्नुका साथै गम्भिर समस्यामा परेका कम्पनी क्षेत्रका १३२ जना कामदार र ४४५ जना घरेलु कामदारहरूलाई उद्वार एवं राहत र अन्य सहयोग प्रदान गरी स्वदेश पठाउने कार्य भएको छ ।

त्यसैगरी, कुवेत सरकारले घोषणा गरेको आममाफी अवधि (२९ जनवरी देखि २२ अप्रिल २०१८)मा गैरकानुनी हैसियतमा रहेका ३७२० जना नेपालीहरूलाई यात्रा अनुमतिपत्र एवं अन्य आवश्यक कन्सुलर सहयोग प्रदान गरी नेपाल फिर्ता पठाइएको बताइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यसैगरी, कुवेतको कारागारमा विभिन्न अपराधको सजाय भोगिरहेका नेपालीहरूको सजाय माफीका लागि महामहिम राजदूतले कुवेत सरकारका उच्च पदाधिकारीहरूसंग विभिन्न समयमा भेटघाट तथा कुराकानी गरी आग्रह गर्नुका साथै राजदूतावासबाट लिखित पत्राचार समेत भएको परिणामस्वरूप गत वर्ष कुवेतको कारागारमा रहेका ७६ जना नेपालीहरूमध्ये मृत्यूदण्डको सजाय पाएका २ जनाको सजाय आजीवन कारावासमा परिवर्तन हुनुका साथै १८ जनाको सजाय माफी भई नेपाल फर्किसकेको उल्लेख छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com