बुगि वुगि बिजेता कबिता नेपाली लभ रोमान्टिक गीतमा फिचर /गीतमा सुनिलको स्वर
प्रकाशित मिति : पुस २४, २०७५ मंगलबार
गायक सुनिल सिंह ठकुरिको नयाँ गीत “धेरै टाढा। ” सार्वजनिक भएको छ ।
घर देखि धेरै टाढा तथा बिदेसमा रहँदाको पीडा , विशेष गरि सम्बन्धमा आई
पर्ने बाधा र पिंडा देखाउन खोजेको यस गीतमा शब्द भने गीतकार जीत चन्दको
रहेको छ । गीतकार चन्द हाल अस्ट्रेलियामा बस्दै आएका छन , उनि पेसाले
इन्जिनिएर हुन । बिदेसमा हुदां विभिन्न कारणबस तुरुन्त्त घर आउन समस्या
पर्ने भएकोले सम्बन्धमा पर्ने आउने असर गीतमा महसुस गराउन खोजिएको छ ।
कमल खत्रीको संगीत रहेको यस गीतमा स्वर सुनिल सिंह ठकुरिको रहेको छ ।
डान्सिङ फ्लेबरको गीत गाउन माहिर ठकुरीको यो गीत भने फरक फ्लेबरमा रहेको
छ । यस अघि सुनिलको जानी नजानी ….”बोलको गीत पनि नेपाली साङितिक आकसमा
निकै चर्चामा आएको थियो ।
बुगि वुगि बिजेता कबिता नेपाली लाई फिचर गरिएको गीतमा कबिता र निराजन
प्रधान लाई फिचर गरिएको छ । नाच्न माहिर कबिता लाई लभर गर्ल फिचर गरिएको
यस गीतले युटुबमा सार्वजनिक भको १२ घन्टामा ५६,००० भियोर्स र सकारात्मक
प्रतिकृया पाएको छ । सफल भिडियो निर्देसक अर्जुन अधिकारिले निर्देशन
गरेको यश भिडियो लाई उत्सब दाहालले खिचेका हुन । भिडियो लाई बिकास
दाहालले सम्पादन गरेका छन।









