३ महिला मिलेर १ पुरुष को निर्मम हत्या


प्रकाशित मिति : पुस २४, २०७५ मंगलबार

जिल्ला अदालत सोलुखुम्बुले कर्तव्य ज्यान मुद्दाका तीनजना दोषीलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको छ ।

माप्य दूधकोशी गाउँपालिका वाकु निवासी ४३ वर्षका अमरबहादुर मगरको हत्या आरोपमा पक्राउ परेका तीन महिलालाई शुक्रबार पुर्पपक्षका लागि थुनामा राख्न आदेश दिइएको हो ।

मगरको शव गएको मंसिर ४ गते भेटिएको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा ३५ वर्षकी कुमारी मगरसहित तीनजना महिला मिलेर अमरको हत्या गरेको खुलासा भएको छ ।

अनुसन्धानको क्रममा उनीहरुले हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक देउप्रसाद लिम्बूले जानकारी दिनुभयो । हत्याको आरोपमा सल्लेरी निवासी ४० वर्षकी माया शेर्पा, ३५ वर्षकी कुमारी मगर र ३९ वर्षकी मनिका मगरलाई मंसिर २५ गते प्रहरीले प्रक्राउ गरेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अम्बरबहादुर मगर र कुमारी मगर बीचको सामान्य विवादलाई लिएर अम्बरबहादुरको हत्या गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । अम्बरबहादुर गार्मा भन्ने स्थानमा घुम्न गएको समयमा बाटोमा भेट भएको समयमा विवाद हुँदा तीन महिलाले हत्या गरेको सोलुखुम्बु प्रहरीले जनाएको छ ।

हत्या भएको झण्डै एक महिनापछि हत्यारा पत्ता लगाउन सफल भएको मुद्दा शाखाका प्रहरी नायव निरीक्षक उदयप्रसाद कटेलले जानकारी दिनुभयो । गहिरो अनुसन्धान पश्चात हत्यारा पत्ता लागेको उहाँको भनाई छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com