पोखरामा फोहर उठाउने गाडीमा नवजात शिशुको शव पाइएको छ। सोमबार पोखरा–१७, बिरौटाको अन्नपूर्णमार्ग र यज्ञशाला मार्गबाट फोहर उठाएर आएको गाडीमा तन्नाले बेरेको अवस्थामा नवजात शिशुको शव फेला परेको हो।
‘फोहर उठाएर आएको गाडी डम्पिङ साइटमा लगेर फोहर छुट्टयाउने क्रममा छोरा जातको नवजात शिशुको शव तन्नाले बेरेको अवस्थामा फेला परेको हो’, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी रवीन्द्रमान गुरुङले भने,‘ हामीले यो घटनाको गम्भीर अनुसन्धान थालेका छौँ ।’
कुनै निर्दयी आमाले लोकलाजको डरले बच्चालाई मारेर फालेको हुनसक्ने अनुमान गरिए पनि अनुसन्धान बिना केही भन्न सकिने अवस्थामा नरहेको उनले बताए। फोहर उठाइएको टोलबारे प्रहरी जानकार रहेको हुँदा अनुसन्धानबाट घटनाको सत्यतथ्य बाहिर आउने आशा पनि उनले व्यक्त गरे ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।