बिहेकै भोलीपल्ट कृष्णको दुबै हात र एक खुट्टा काटियो ! रुपालाई आफन्तले अर्कैसँग बिहे गरेर जा भन्छन् (भिडियो)


प्रकाशित मिति : पुस २३, २०७५ सोमबार

सानैमा जीम्मेवारीको भारी बोकेका कृष्ण ओलीका सपना धेरै थिए । इलेक्ट्रिक सब इन्जिनियर पढेका रुकुम सिम्लिका कृष्ण ओली ठुलो सपना थियो आफ्नी जीवनसंगिनीलाई स्टाफ नर्स पढाउने ।

कसलाई थाहा हुन्छ र भोलि ? त्यस्तै बज्रपात बनेर आयो जेठ २५ कृष्ण र रुपाको जीवनमा । अघिल्लो दिन अर्थात २४ जेठमा म्यारिज एनिभर्सरी मनाएका यी दम्पतिलाई अर्कोदिन निकै दुखद बनेर आयो ।

उनि दाङको तुल्सिपुरमा विद्युत अफिसमा साईट सुपरभाईजरको रुपमा काम गर्थे । घटनाको दिन आफ्ना अन्य सहयोगीको साथ कस्टमरहरुलाई बिद्युत प्रवाह गर्न पोलमा चढेका एक्कासी भुईमा खसे ।

११ हजार भोल्टेजको करेन्टको झट्काले कृष्णको सपना मात्र पच्छारेन जीवन नै मृत्युको मुखमा लगेर छोड्यो । अर्कैको गल्तिको शिकार भए उनि । साँझपख बिद्युतको लाइन बन्द गरेर पोलमा चढेका बेला नजिकैका मिलवाले साहुले लाईन अन गर्दिएपछि उनलाई करेन्ट लाग्यो । लाग्ने बित्तिकै भुईमा झरे । तत्कालै उनलाई स्थानिय अस्पताल हुँदै नेपालगंज रिफर गरियो त्यहाँ पनि उपचार हुन नसक्ने भएपछि थप उपचारको लागि भारत लखनउमा पठाईयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

लखनउमा लामो उपचार गर्दा पनि अवस्थामा सुधार नभएपछि पुन: काठमाण्डौस्थित ग्राण्डी र किर्तिपुर अस्पतालमा लामो उपचार पछि उनि निको त भए तर अपशोच ! उनका दुवै हात र एउटा खुट्टा काट्नु पर्ने भयो ।

आफ्नो परिवारको लागि केहि गर्छु भन्ने अठोट लिएका कृष्ण अहिले जसोतसो निको त भए तर दुवै हात र एउटा खुट्टा छैन अर्काको साहारामा बाँच्नु परेको छ ।

उपचार गर्न नै ५० लाख बढी लागी सकेको र सबै ऋण काढेर खर्च गरेको उनकी श्रीमती रुपाले सिधान्युजसंग कुरा गर्दै बताईन । ४०-५० लाख ऋण छ, ५० लाख भन्दा बढी हात खुट्टा राख्नलाई लाग्ने डाक्टरहरु बताउछन । घरमा भएको जायजेथा सबै सकिसक्यो भन्दै रुपाले सबैसँग सहयोगको अपेक्षा गरेकी छिन । २१ वर्षको कलिलो युवा जसले आफ्ना सपनाहरु आज बेडमा आफ्नो आर्ध ज्यान सँग सुताई रहेको छ ।

बुबा झुपलाल अाेलि र आमा जानकी केसिका दुई छोरा मध्यका कान्छा छोरा कृष्ण सानैदेखि पारिवारिक मायाबाट टाढा भए कृष्णका बुबाले वास्ता नगरेपछि सानैदेखि बुबाको माया पाएनन । बुबाको अहिले सम्म अत्तोपत्तो छैन । छोराको त्यो हालत भएपछि भेट्न जान्छु भन्दै घरबाट निस्केका बुबाको बेखबर छ । कृष्णका दाईले जेनतेन पैसा काढेर भाईलाई त बचाए अब थप उपचार गर्ने खर्च छैन । न पैसा कार्ने ठाउँ छ न आउँने ठाउँ न बेच्नलाई जग्गाजमिन ।

देश तथा विदेशमा हुने मनाकारी नेपालीहरुले उहाँलाई सहयोग गर्न चाहनुहुन्छ भने कृपया सनराईज बैंकको कृष्ण ओलीको खाता नम्बर  0770503165205001  मा जम्मा गर्दिएर सहयोग गर्नुहोला ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com