काठमाडौँमा पानी, चन्द्रागिरीमा हिमपात
प्रकाशित मिति : पुस २३, २०७५ सोमबार
आज मुलुकभरको मौसम बदली हुँदाका साथै कतिपय स्थानमा हल्का वर्षा भएको छ | उच्च पहाडी तथा हिमाली भेगमा भने हिमपात भएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार सोमबार बिहान काठमाडौ उपत्यका लगायत देशका केही ठाउँमा पानी पर्नुका साथै उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भएको हो ।
काठमाडौको चन्द्रागिरी लगायतका स्थानमा हिमपात भएको छ । त्यस्तै कर्णलीका हुम्ला जुम्ला लगायतका स्थानमा पनि हिमपात भएको छ । पश्चिमी वायुका कारण मौसम बदली भई पानी तथा हिमपात भएको मौसमविद बताउँछन् ।
मौसमविद अनुसार आजदिउँसो देशैभरको मौसम बदली हुनेछ | काठमाडौंसहित मध्य भागमा पानी पर्ने सम्भवना छ । त्यस्तै आज राती देशको पश्चिमी भुभागमा आंशिक बदली तथा मध्य र पुर्वी भुभागमा सामान्य बदली रही मध्य र पुर्वी भागमा हल्का पानी पर्ने पुर्वानुमान माहाशाखाको छ । काठमाडौ. उपत्यकामा सेप्टेम्बर २३ यता पहिलो पटक पानी परेको महाशाखाले जनाएको छ ।
मंगलबारदेखि भने पश्चिमी वायुको प्रभाव नेपालको पश्चिमी भेगबाट बाहिरिने भएकाले मौसममा सुधार आउने विभागले जनाएको छ ।






