स्याउका बेर्नाबाट यति धेरै आम्दानी !


प्रकाशित मिति : पुस २३, २०७५ सोमबार

चिसो हावापानी,वातावरण अनुकुलित सुहाउँदो मौसमी तापक्रमले हिमाली जिल्ला मुस्ताङमा स्याउ उत्पादन राम्रो हुने गरेको छ । पछिल्लो समय जिल्लामा १२ सय हेक्टर जमिनमा स्याउको खेति गरिएको छ भने, ४ सय ५० हेक्टर जमिनमा लगाईएका स्याउका बोटहरुले उत्पादन दिईरहेको छ ।

जिल्लामा स्याउ खेतिको बिकासमा निजी स्तरबाट पनि पहल सुरु भईरहेको छ । जिल्लामा स्याउ खेतिलाई बृहत्तर बिकास गर्न शितोष्ण बागवानी बिकासकेन्द्र मार्फाले वर्षेनी स्याउका बेर्ना उत्पादन तथा बिक्री बितरण गर्दे आईरहेको भएपनि बागवानीकेन्द्रले जिल्लाका कृषकहरुको माग अनुसारको स्याउ बिरुवा उपलब्ध गराउन सकिरहेको छैन ।

सरकारी स्तरबाट स्याउको बेर्ना बागवानीकेन्द्रले लिएपनि स्याउका बिरुवाको समस्या सुल्झाई यहाका किसानले छिटो छरितो बेर्ना प्राप्त गर्न सक्ने र आर्थिक लाभ लिनसक्ने उद्देश्यले थासाङ गाउपालिका १ टुकुचेमा हिमाली शेर्पा स्याउ बेर्ना नर्सरी उद्योग संञ्चालन भएको हो ।यस शेर्पा नर्सरीले वर्षेनी २० हजारको हाराहारीमा स्याउको बिरुवा उत्पादन गर्दै आईरहेको छ ।

हिमाली शेर्पा स्याउ नसरी उद्योग जिल्लामै एकमात्र पहिलो नीजि स्तरको लगानीमा संञ्चालन गरिएको उद्योग हो ।२०६७ सालअघि गाउमा कुनै आयआर्जनको श्रोत नभेटिदा बिदेश पलायन हुने योजना बनाएका भूपि शेरचनको गृह जिल्ला थाकटुकुचे निवासी स्थानीय राजन शेर्पाको भविष्य जतिखेर उघ्रियो त्यससमय जिल्लामा पहिलो पटक हिमाली उपआयोजना भित्रियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हिमालीकै आर्थिक सहयोग र परामर्शबाट स्याउ नर्सरी उद्योगको व्यवसाय गर्न हौसिएका शेर्पालाई हिमाली उपआयोजना ढुङ्गा खोज्दा देवता मिले झै भयो ।बिगत ८ वर्षको अन्तरालमा उनले नर्सरी उद्योगलाई फराकिलो र मनग्य आम्दानी दिन सफल भएको शेर्पाले उल्लेख गरे ।

आयोजनाबाट ७ लाख अनुदान पाएका शेर्पाले बिभिन्न व्यक्तिहरुको करिव २५ रोपनी जग्गा वर्षेनी १ लाख भाडा बुझाउनेगरी नर्सरी उद्योग गरेको बताए ।उनले टुकुचे गाउको पश्चिमतर्फ थापाखोला किनाराको जग्गामा स्याउ नर्सरी उद्योग थालेका हुन् ।

बिल्कुलै नौलो प्रकारको व्यवसाय थालेका शेर्पाले आफ्नो नर्सरीमा रोयल डेलिसियस ,गोल्डेन डेलिसियस ,रिचारेड डेलिसियस र छिटो फल लाग्ने जापानिज फुजी स्याउको बिरुवा उत्पादन गर्दै आईरहेको बताउछन् ।उनले लगनशिल र मेहनतका साथ परिश्रम गर्न सके बिदेश पलायन हुन नपर्ने बताए ।बिदेश गएर डलरको कमाई गर्ने महोत्काँक्षा पालेका गाउका यूवाहरु माझ एक उदाहरण बनेका छन् राजन शेर्पा ।

कृषि पेशामा आवद्ध व्यवसायी शेर्पाको यो समय भनेको स्याउ नर्सरीका बिरुवा बिक्री गर्ने सिजन हो ।उनले चालुवर्ष बिभिन्न जातका १६ हजार स्याउका बिरुवाहरु उत्पादन गरेका छन् ।जसमध्ये २५ प्रतिशत स्याउ बेर्ना बिक्री भएको उनले सुनाए ।नर्सरीमा उत्पादित ठुलो बिरुवा २ वर्ष नाघेकालाई प्रति बेर्ना ३ सय र १ वर्षका साना प्रति बेर्नालाई २ सयमा बिक्री गरेको उनले जनाए ।

शेर्पा नर्सरी उद्योगले टुकुचे गाउका अन्य ४ जना मजदूरलाई नियमित रोजगार उपलब्ध गराउदै आएको छ भने,स्याउको गोडमेल ,मलजल र कटिङ गर्ने व्यस्त समयमा १५ जना कामदारलाई अस्थायी रोजगार दिदै आईरहेको शेर्पाले बताए । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

उद्योगमा उनका परिवारका सदस्यले समेत श्रम गर्ने गरेको शेर्पाले खुलाए ।साविकको जिल्ला कृषि बिकास कार्यालय , हालको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र शितोष्ण बागवानी बिकास केन्द्र मार्फाले शेर्पा नर्सरीलाई प्रकोप नियन्त्रण तथा प्राविधिक सहयोग पु¥याएको नर्सरी संञ्चालक शेर्पाले जानकारी दिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com