जेठो छोरा अमेरिका, कान्छो लन्डन, छोरी नेपालमै व्यबसायी, ६२ वर्षीय आमा आफ्नो अधुरो सपना पूरा गर्दै


प्रकाशित मिति : पुस २२, २०७५ आईतबार

हिजोआजका मानिसहरू ४०÷४५ वर्ष पुग्न नपाउँदै टाउको कन्याएर भन्छन्–‘बुढेसकाल लाग्यो । के गर्न सकिएला र!’जोश, जाँगर आँट मरेको जस्तो देखिन्छ तिनीहरूमा तर यसको अपवाद बन्नुभएको छ ६२ वर्षीय सुशीला खना ल। अहिले उहाँ ११ कक्षामा पढ्दै हुनुुहन्छ । बिहानै झोला बोकेर काठमाडौँ तीनकुनेस्थित बानेश्वर बहुमुखी क्याम्पस पुग्दा अन्य धेरै विद्यार्थी, शिक्षकको आँखा उहाँतिरै पर्छन्। उहाँको कक्षाको अनुशासन र लगनशीलता देख्दा सबै छक्क मात्र पर्ने होइन, कम उमेर का अरु विद्यार्थी उत्साहित नै हुन्छन्।

सुशीलामा सानो उमेरमै पढ्ने इच्छा नभएको होइन। तर घरायसी आर्थिक लगायत विभिन्न समस्याका कारण उहाँको त्यो इच्छा पूरा हुन पाएन।त्यहीँमाथि बाह्र बर्षकै उमेरमा गोरखा मिरकोटका कक्षा १० मा अध्ययरत नारायणप्रसाद खनालसँग विवाह सम्बन्ध जोडिए पछि उहाँको त्यो सपना झन् पर सर्यो। छोरीलाई समेत पढ्न नपठाउने त्यतिबेलाको संकीर्ण र रुढीवादी समाजले बुहारीलाई कहाँ पढ्न पठाउँथ्यो र! रहँदै बस्दै गर्दा एक छोरी र २ छोरा भए। उनको दिनचर्या खेती–किसानी र ३ छोराछोरीको पालनपोषण, हुर्काइ, पढाइमै बित्यो।

आफूले समयमै पढ्न नपाए पनि श्रीमान्लाई मात्र इञ्जिनियर बनाउन सफल भएकी सुशीला, जेठा छोरा नबिनलाई सिभिल इन्जिनियर (अमेरिका), कान्छो छोरा सुरजलाई डाक्टर (लन्डन) र छोरी सुष्मालाई ट्रेकिङ व्यावसायी (नेपाल) बनाउन सक्षम भइन्।चक्रपाणि चालिसे मार्ग, नयाँ बानेश्वरमा व्यवस्थित बसोबास गर्ने सुशीलालाई खासै भन्ने हो भने नपुग्ने केही छैन । उनी आफैँ सरकारी स्वास्थ्य स्वयम्सेविका हुनुहुन्छ भने श्रीमान् र छोराछोरीको कमाईले बसी बसी खान पुग्छ। तर पनि उहाँलाई ज्ञानको भोकले सधैँ सताइरह्यो अहिलेसम्म ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भनिन्छ नि मान्छे सम्पत्ति र सुखमा मात्रै रमाउन सक्दैन र त यो संसार बुझ्न चाहन्छ । यस्तै आफूलाई समाजका अगाडि शिक्षित भएको देख्न खोज्छ । सुशिला स्वयम् थप्नुहुन्छ, पढ्न आउनुको मुख्य उद्देश्य त ज्ञान हासिल गर्न नै हो । इच्छाशक्ति नै मानिसको ल क्ष्य हासिल गर्ने मूल आधार हो भन्ने कुरा उहाँको जीवनमा यथार्थ बनेको छ ।त्यही ज्ञानको भोकले २०६६ साल जेठ १२ गते उहाँलाई उत्प्रेरणा महिला माध्यमिक विद्यालयको कक्षा ३ मा पुर्यायो । २०७४ सालमा एसईई दिएकी उहाँ २÷३ जिपिए ल्याएर पास हुनुभयो ।

त्यति मात्र हो र उनले विषय पनि पत्रकारिता र आमसञ्चार छान्नुभएको छ । जुन विषयलाई संसारकै राम्रो विषय मानिन्छ। यही विषय छान्ने उहाँको लक्ष्य पत्रकातिा र आमसञ्चार पढेर बुझेर झन् धेरै ज्ञान हासिल गर्ने नै हो।एसईई उतिर्ण गरेको खुशीमा उनी आफ्ना ९२ वर्षका बालाई भेट्न लड्डु लिएर गोरखा पुग्नुभयो । आफूले पढाउन नसके पनि छोरी आफैँले पढेको खबर सुन्दा बा कम गद्गद् हुनुभएन । ८४ वर्षीया सासुआमाले पनि खुशी हुँदै भनिन्–अरु चारजना बुहारीले पढेका थिए, तिमी मात्रै बाँकी थियौ, पढिछौ, राम्रो भयो ।

जहाँ इच्छा त्यहाँ उपाय भनेजस्तै विहान घरधन्दा सकाएर क्याम्पस पुग्नुहुन्छ उहाँ ।आफूजस्ता अन्य महिलालाई पढ्न उत्साहित गर्ने गरेको बताउने सुशिला कक्षा ‘जंक’ गर्ने विद्यार्थीलाई भन्नुहुन्छ– म त बुढेसकालमा पढ्दैछु , तपाईँहरू झन् पढाइ नछाड्नुस् ।’आफू लाई यो ठाउँमा पु¥याउन उहाँको श्रीमान्को पनि ठूलो हात छ । इच्छाशक्ति त सुशिलाकै हो तर त्यो इच्छाशक्तिमा उर्जा भर्ने र सहयोग थप्ने काम उहाँको श्रीमान्कै।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com