पशुपतिनाथका दर्शनार्थी गोकर्णेश्वरमा लगिने


प्रकाशित मिति : पुस २२, २०७५ आईतबार

पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गर्न आउने सबै भक्तजनलाई गोकर्णेश्वर महादेव मन्दिरमा ल्याउन गोकर्णेश्वर नगरपालिकाले विशेष कार्ययोजना ल्याउने भएको छ ।

पशुपतिनाथमा श्रीयन्त्रको पूजा हुन्छ भने गोकर्णेश्वर महादेव मन्दिरमा बालयन्त्रको पूजा हुन्छ । श्रीयन्त्रको पूजा एवं दर्शन गर्नेले बालयन्त्रको पनि पूजा तथा दर्शन गरेपछि मनोकाङ्क्षा पूरा हुन्छ भन्ने धार्मिक मान्यतालाई जनसमक्ष प्रचारप्रसार गर्न कार्ययोजना ल्याउन लागिएको नगरपालिकाका प्रमुख सन्तोष चालिसेले जानकारी दिए ।

पौष कृष्ण औँसीका अवसरमा श्री कान्तिभैरव वाग्मती गङ्गा सन्ध्या आरती व्यवस्थापन उपसमितिले शनिबार साँझ गोकर्णेश्वर उत्तरगया धाममा आयोजना गरेको वार्षिकोत्सव एवं सम्मान कार्यक्रममा उनले पशुपतिनाथ–गोकर्णेश्वर–सुन्दरीमाई–श्वेतबाराही–कागेश्वरी–शालीनदी–नवतनधामलगायत तीर्थस्थललाई जोडेर धार्मिक पर्यटन प्रवद्र्धनको कार्ययोजना ल्याउन कागेश्वरी मनोहरा र शङ्खरापुर नगरपालिकासँग समेत सहकार्य गरिने बताए ।

उपप्रमुख शान्ति नेपालले धार्मिक, सांस्कृतिक, पौराणिक र पुरातात्विक महत्वको गोकर्णेश्वर उत्तरगया पितृतीर्थधामलाई दिव्यधामका रुपमा विकास गर्न नागरिक समाजसँग सहकार्य गर्न लागिएको जानकारी दिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कान्तिभैरव गुरुकुल व्यवस्थापन समितिका अध्यक्ष प्राडा ऋषिराम पोखरेलले स्कन्द पुराणको हिमवत्खण्ड नेपाल माहात्म्यमा उल्लेख भएअनुसारको महत्व झल्काउन गोकर्णेश्वर उत्तरगया क्षेत्रको विकासका लागि बृहत् गुरुयोजना बनाएर काम गर्न माग गरे ।

विसं २०७४ को पौष कृष्ण औँसीका दिनदेखि शुरु भएको आरतीका गायक दीप थापा, गौरव श्रेष्ठ, भक्तबहादुर बुढाथोकी, आरतीकर्ता अविनाश भट्ट र गौरीशङ्कर भण्डारीलगायत आर्थिक सहयोग गर्ने दातालाई नगरप्रमुख चालिसेले सो अवसरमा सम्मान गरेका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com