कलङ्कीमा बस बिसौनी व्यवस्थित गर्न माग


प्रकाशित मिति : पुस २१, २०७५ शनिबार

कलङ्की भएर काठमाडौँ भित्रिने लामो दूरीका सवारी साधनको बस बिसौनी सोही आसपास क्षेत्रमा व्यवस्थित गर्न माग गरिएको छ ।

विगतमा कलङ्की, मकालु तथा त्यस आसपास क्षेत्रमा रोकिँदै आएका सवारी साधन अहिले कलङ्की क्षेत्रको सडक स्तरोन्नति तथा विस्तार पछि सीतापाइलामा पु¥याइएको छ ।

बस बिसौनीलाई टाढा पु¥याउँदा सोही क्षेत्रमा ओर्लनुपर्ने यात्रुलाई गन्तव्यमा पुग्न समस्या हुने र करीब १५० स्थानीय होटल तथा अतिथि गृह बन्द हुने अवस्थामा पुगेका छन् । सीतापाइला क्षेत्रमा बस बिसैनी बनाउँदा काठमाडौँ उपत्यका बाहिरबाट आउने अतिथिलाई खान, बस्नका लागि आवश्यक पूर्वाधारको अभाव देखिएको छ ।

कलङ्की होटल एण्ड गेष्ट हाउस एशोसिएशनले जनप्रतिनिधि तथा सरोकार पक्षसँग छलफल गर्न आज यहाँ आयोजना गरेको कार्यक्रममा प्रतिनिधिसभा सदस्य कृष्णगोपाल श्रेष्ठले स्थानीय जनतालाई लाभान्वित हुने कार्यलाई प्राथमिकता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सो क्षेत्रमा विभिन्न तह र वर्गलाई समेट्ने अतिथि गृहको पूर्वाधार तयार भइसकेकाले पाहुनाका लागि उपयुक्त वासस्थान मानिन्छ । कलङ्कीबाट बिहान चाँडै गाडी छुट्ने हुँदा टाढाका यात्रु आएर वास बस्ने गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सबै दृष्टिकोणले ग्राहकको लागि उक्त क्षेत्र सुविधायुक्त भएका कारण बस बिसौनी टाढा राख्न नहुने एशोसिएशनका अध्यक्ष मोहिणिप्रसाद आचार्यले विचार व्यक्त गर्नुभयो ।

नागढढुङ्गा–कलङ्की सडक खण्ड विस्तारको काम फागुनमा पनि नसकिने पक्कापक्की भएको छ ।

मुआब्जा विवाद रहेकाले सो क्षेत्रका घरलाई नचलाई सडक विस्तारको काम टुंग्याउने गरी मन्त्रिपरिषदले निर्णय गरेपछि यसको निर्माणमा ढिलाई देखिएको हो ।

कलङ्की थानकोट, नागढुङ्गा नाका हुँदै उपत्यका बाहिरिने तथा भित्र प्रवेश गर्ने सवारीको चापले गर्दा कलङ्कीमा अत्यधिक सवारी जाम हुने गरेको छ ।

त्यसैगरी चक्रपथ परिक्रमा गर्ने स्थानीय सवारीको चापले उपत्यकाको ट्राफिक व्यवस्थापन नै अस्तव्यस्त भएको ट्राफिक अधिकृत विमल थापाले जानकारी दिनुभयो ।

उहाँले सरोकार पक्षको माग र यात्रुको सहजतालाई ध्यान दिएर बस बिसौनी हेरफेर गर्न सकिने बताउनुभयो । स्थानीय खसी बजारदेखि बाफलसम्म ८४० मिटर क्षेत्रफलमा निर्माण गरिएको अन्डरपासले सो क्षेत्रमा जाम कम हुने अपेक्षा लिइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com