एकल पुरुषलाई पनि मासिक भत्ता


प्रकाशित मिति : पुस २१, २०७५ शनिबार

झापा गाउँपालिकाले एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता दिँदै आएको छ । गाउँपालिकाले गत वर्षदेखि नै ६० वर्ष माथिका एकल पुरुषलाई सामाजिक सुरक्षावापत मासिक रु ५०० का दरले भत्ता दिँदै आएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चोलेन्द्र दङ्गालले बताए ।

“एकल महिलाजस्तै एकल पुरुषलाई पनि समस्या हुन्छ”, उनले भने, “असहाय एकल पुरुषलाई व्यक्तिगत गर्जो टार्न सजिलो होस् भनेर भत्ता दिन थालेका हौँ ।” गाउँपालिकाले गत वर्ष ४८ एकल पुरुषलाई मासिक रु ५०० का दरले भत्ता प्रदान गरेकोे थियो ।

त्यसैगरी उक्त गाउँपालिकाले ८४ वर्षमाथिका ११८ वृद्धवृद्धालाई सरकारले प्रदान गर्दैै आएको सामाजिक सुरक्षा भत्तामा मासिक रु ५०० थपेर प्रदान गर्दै आएको पनि अधिकृत दङ्गालले बताए ।

एकल पुरुषलाई मासिक भत्ता वितरण गर्ने झापा गाउँपालिका सम्भवतः प्रदेश नं १ को पहिलो स्थानीय तह हुनसक्ने उहाँको जिकिर थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

टोलटोलमा पोल

झापा गाउँपालिकाले ‘जहाँ टोल त्यहाँ पोल’ भन्ने नारासहित गाउँपालिका भित्रका सबै वडामा बिजुलीको पोल गाड्न थालेको छ । उक्त गाउँपालिकाले रु ५५ लाखमा १ हजार थान पोल खरिद गरेर टोलैपिच्छे बिजुलीको पोल गाड्न शुरु गरेको हो । विशेष गरेर वडा नं १, ७ का अधिकांश बासिन्दा अहिले पनि बिजुली बत्तीको अभावमा कुपी र सोलर बत्तीमा निर्भर छन् ।

गाउँपालिकाले बिजुली नपुगेका स्थानमा समेत बिजुली पु¥याउने लक्ष्यसहित पोल गाड्न शुरु गरिएको वडा नं ७ का अध्यक्ष राजकुमार यादवले बताए । उनले तीन महीनाभित्रमा गाउँपालिकालाई झलमल्ल बनाउने जानकारी दिँदै भने, “हामी जनप्रतिनिधि निर्वाचित भएर आएपछि पहिलो प्राथमिकतमा राखेर गरेको काम नै बिजुली बत्ती हो । तीन महीनाभित्रमा सबैको घरमा बत्ती बल्छ ।”

उनले टोलटोलमा लगाएका बाँस र काठका अस्थायी पोलसमेत फालेर सिमेन्टका पोल गाडेको बताए ।

सात सडक कालोपत्र

झापा गाउँपालिकाले चालू आर्थिक वर्षमा पालिकाभित्रका सात कच्ची सडक कालोपत्र गर्ने जनाएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दङ्गालले चालु आर्थिक वर्ष २०७५-७६ मा सडक कालोपत्रका लागि रु ७ करोड ७० लाख बजेट विनियोजन गरिएको बताए ।

उनका अनुसार वडा नं ६ र ७ लाई जोड्ने सडकका लागि रु दुई करोड, ५ नं वडाका लागि रु एक करोड २० लाख, वडा नं ३ र ४ का लागि रु एक करोड एक लाख, वडा नं १ का लागि रू एक करोड ५० लाख र बाँकी अन्य सडकका लागि सो रकम विनियोजन गरिएको हो ।

“यो पर्याप्त बजेट होइन”, उनले भने, “यति रकमले छ किलोमिटर मात्र सडक कालोपत्र हुन्छ, आगामी दिनमा बजेट थपेर काम गर्दै जाने योजना छ ।”

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com