चीन भ्रमणमा जाने आफना नागरिकलाई सतर्क रहन अमेरिकाको सर्कुलर


प्रकाशित मिति : पुस २०, २०७५ शुक्रबार

संयुक्तराज्य अमेरिकाले आफ्ना नागरिकलाई चीन भ्रमणमा जाँदा सावधानी अपनाउन अनुरोध गरेको छ । क्यानाडाली नागरिकहरुलाई चीनले दुराशयपूर्ण तरिकाबाट हिरासतमा लिएको भन्दै अमेरिकी भनाइ सार्वजनिक भएको हो ।

अमेरिकी विदेश मन्त्रालयले जारी गरेको पछिल्लो ट्राभल एड्भाइजरीमा चीन भ्रमण गर्नुअघि विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ । तर, यस्तो परामर्श आफ्ना नागरिकलाई हतोत्साहित गर्नका लागि नभएको मन्त्रालयले स्पष्ट गरेको छ ।

‘अधिकांश अवस्थामा अमेरिकी नागरिकहरुले चीन जानुअघि आफूहरुमाथि निषेधात्मक प्रतिबन्ध रहे नरहेको थाहा पाउन आवश्यक छ,’ मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । मन्त्रालयले चीनका स्थानीय कानुनको एकपक्षीय कार्यान्वयन गरिने, देश छाड्नबाट एकाएक प्रतिबन्ध लगाइने तथा चिनियाँ मुलका अमेरिकी नागरिकमाथि प्रताडना दिइने सम्भावनाप्रति सचेत रहन अनुरोध पनि गरेको छ ।

अमेरिकी नागरिकहरुलाई सुरक्षाको अवस्था पहिल्यै विचार गर्न तथा जिनजियाङ र तिब्बतमा कफ्र्यु लागे नलागेको बारेमा पूर्व जानकारी लिन पनि मन्त्रालयले अनुरोध गरेको छ ।  अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले चीन भ्रमणमा जाँदाका जोखिमबारे बुझ्न अनुरोध गरिएको बताए । ‘चीन भ्रमणमा जाँदा जोखिम बढी छन् भन्ने कुरा हामी सबैले बुझ्नु आवश्यक छ ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

चीनको टेलिकम कम्पनी हुवावेका प्रमुख वित्त अधिकृत मेङ वान्झाउलाई क्यानाडाको भ्यानकुभरमा पक्राउ गरेलगत्तै चीनले आन्तरिक सुरक्षामा खतरा रहेको भन्दै गत डिसेम्बरदेखि हालसम्म ११ जना क्यानाडालीलाई चीनमा पक्राउ गरेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com