पानीजहाज चलाउने कुरा अब यथार्थमा परिणत हुन्छ : प्रधानमन्त्री ओली


प्रकाशित मिति : पुस २०, २०७५ शुक्रबार

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक हरेक दिन एक कदम अघि बढिरहेको बताउनुभएको छ ।

पूर्वी नेपालका चार जिल्ला जोड्ने भेँडेटार–रवि–राँके सडक शिलान्यास तथा पाँचथरको मिक्लाजुङ गाउँपालिकामा केन्द्रीय विद्युत् प्रसारण लाइन उद्घाटन कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकलाई सुगम र उज्यालो बनाउन दैनिक रूपमा काम हुँदै आएको बताउनुभयो ।

“मेचीदेखि महाकालीसम्म सबैतिर सुगम सडक पुग्दैछ, बिजुलीबाट मुलुक उज्यालो बन्दैछ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “सबै जिल्लालाई सडक सञ्जालले जोडिसकेपछि गाउँगाउँसम्म सुगम सडक बनाउने अभियान अघि बढाइन्छ ।”

निरक्षरताको अन्त्य गर्ने कार्यक्रम विस्तार भइरहेको छ भन्दै प्रधानमन्त्री ओलीले फुस, खर र परालको छानो रहेका घरमा जस्तापाता उपलब्ध गराइने कार्यक्रम अघि बढेको बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मुलुकमा भूकम्पपछिको पुनःनिर्माण ४५ प्रतिशत पूरा भएको जानकारी दिँदै उहाँले पुरातात्विक पुनःनिर्माणसमेत द्रुत हुने बताउनुभयो । कोशी नदीमा पानीजहाज चलाउने प्रक्रिया अघि बढेको बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “पानीजहाज चलाउने कुरा अब यथार्थमा परिणत हुन्छ । यो कुनै मजाकको विषय होइन ।

” विद्युत् निर्यात सम्झौता भइसकेका कारण विद्युत् उत्पादनमा बढोत्तरी हुने बताउँदै प्रधानमन्त्री ओलीले कृषिको आधुनिकीकरण र सघन उत्पादनमा जुट्न स्थानीय बासिन्दालाई आग्रह गर्नुभयो । आजै उद्घाटन भएको पाँचथरको मिक्लाजुङ गाउँपालिकामा केन्द्रीय प्रसारण लाइनबाट बिजुली बलेको छ ।

कार्यक्रमका भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले प्रदेश सरकारको मेरूदण्डका रूपमा रहेको भेडेटार–रवि–राँके सडक कालोपत्रे हुने सुनिश्चितता भएसँगै प्रदेश नं १ पहाडी जिल्लाको समृद्धिको ढोका खुलेको बताउनुभयो ।

उहाँले भेडेटार–रवि–राँके सडकको मध्यविन्दु रविलाई झापाको दमकसम्म जोड्ने दमक चिसापानी रवि सडकको समेत चाँडै शिलान्यास हुने जानकारी दिँदै सरकारले देखाएको सपना पूरा गर्न आफ्नो मन्त्रालय ठोस कार्ययोजना तयार पारेर अघि बढिरहेको बताउनुभयो ।

मोरङ, धनकुटा, इलाम र पाँचथरका विभिन्न गाउँपालिका तथा नगरपालिकालाई जोड्ने यो सडक कालोपत्रे भइसक्दा चार जिल्लाका बासिन्दाले राहत पाउनेछन् ।

भ्याट र पिएससहित रू तीन अर्ब ६५ करोड ८४ लाख ९५ हजार ५७२ लागतमा एक सय किलोमिटर पक्की सडक बन्नेछ । एप्को इन्फ्राटेक प्रालि लखनौ भारतले निर्माण गर्न लागेको उक्त सडक सडक विभाग, सडक सुधार तथा विकास आयोजना निर्देशनालय भेटेटार–रवि–राँके सडक आयोजनाले कार्यान्वयन गर्नेछ ।

उक्त आयोजना गत मङ्सिर ३ गते सम्झौता भएकामा तीन वर्षभित्र सम्पन्न हुनेछ । सात मिटर कालोपत्रे र दुवैतर्फ एक एक मिटरसहित दुई लेनको सडक निर्माण हुने ठेकेदार कम्पनी एप्को इन्फ्राटेक प्रालि लखनौ भारतका डाइरेक्टर राजु सिंहले जानकारी दिनुभयो । सडक कालोपत्रेका लागि एक्जिम बैंक अफ इण्डियाले ८७ र नेपाल सरकारले १३ प्रतिशत लगानी गर्ने जनाइएको छ ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य वसन्तकुमार नेम्वाङले कोशी र मेची जोड्ने सो सडकले यहाँको समृद्धिको ढोका खोल्ने बताउनुभयो । सो अवसरमा मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष अमरराज माखिम र माङ्सेबुङ गाउँपालिकाका उपाध्यक्ष सुनिता सुब्बाले गाउँपालिकाको विकासका लागि प्रधानमन्त्री ओलीलाई मागपत्र बुझाउनुभएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com