साहसी महिला जसले लुटेराको प्रतिकार गर्दै बन्दुक खोसिन्


प्रकाशित मिति : पुस २०, २०७५ शुक्रबार

गएको मंगलबार साँझ करिव ६ बजे मंगला गाउँपालिका–५ अर्मनको किमचौरकी ६३ बर्षिया बृद्धा लीलमती बुढाथोकी घरमा एक्लै थिईन् । बेलुका अत्याधिक चिसोका कारण बुढाथोकी चुल्हो नजिक बसेकी थिईन् । बाहिर सुनसान थियो, बस्तीका सबै घरभित्र थिए । खाना खाएर सुत्ने तयारीमा रहेकी बुढाथोकीलाई एक्कासी बाहिरबाट अज्ञात समहुले भरुवा बन्दुक लिएर चुल्हो नजिक पुगेर शरीररमा भएका गहना लुट्न थालेपछि बृद्धा बुढाथोकीले तत्कालै प्रतिकार गरिन् ।

बन्दुक र डोरी सहित पुगेका चारजना मध्ये दुईजनालाई तत्कालै चुल्हो नजिक रहेको दाउराले प्रहार गदैं बन्दुक खोस्ने प्रयास गरिन् ।बुढाथोकीले हातमा लगाएको बाला निकाल्ने प्रयास गरेका लुटेराको प्रयासलाई असफल बनाउँदै ढोकासम्म पु¥याईन्। एक बृद्ध, एक महिला र दुईजना यूवको समुहमा पुगेका लुटेरा मध्ये दुईजना घर बाहिर बसेका थिए । ‘पैसा र नगद नदिए बन्दुकले उडाईदिन्छु’ एकजना लुटेराको धम्कीले समेत बुढाथोकीलाई छोएन् । एकपछि अर्को गदैं उनले करिव आधाघण्टा भान्सामै प्रतिवाद गरिन् ।बन्दुक खोस्न खोज्दा हातमा समान्य चोट लागेपछि ढोकाबाट बाहिर चिच्चाउँदै छिमेकीलाई सहयोग मागिन् । ‘चोरलाई मैले चिने,‘चोर चिने’ बुढाथोकीको स्वरले करिव आधा किलोमिटर टाढाको बस्तीमा पुगेपछि लुटेरा महिलाको नजिक बन्दुक छोडेर भागे । ‘दुईजना चोरलाई मैले भुईमै पल्टाउन सफल भए,‘चोरलाई लडाउँदा पानी समेत पोखियो’ बुढाथोकीले बेनीअनलाइनलाई भनिन् ।

उनले विगतमा समेत एक्लै भएको मौका छोपी लुट्न आएका चोरले १ तोला सुन र १२ हजार लुटेर फरार भएको बताउँदै एकपटक ज्यानको बाजी राखेर प्रतिकार गरेको बताईन् । ‘योजनाबद्ध तरिकाले आएका चोरलाई मैले घरभित्रै नियन्त्रणमा लिने प्रयास गरेको थिए,‘छिमेकी गाउँसम्म पुगेछन्’ उनले भनिन् । घरभित्र एक्लै भएको जानकारी पाएर आएका चोरलाई एक रुपैयाँ पनि लुट्न नदिई प्रतिकार गरेको घटना कान्छो छोरा कमल बुढाथोकीलाई सुनाएको बताईन् ।

चोरलाई समातेर गाउँलेलाई बुझाउने योजना
एक्कासी घरभित्र प्रवेश गरेका चोरलाई नियन्त्रणमा लिएर गाउँलेलाई जिम्मा लगाउने प्रयास गरेको उनले बताईन् । बन्दुक देखाएर धनसम्पत्ती लुट्नेले भविस्यमा गाउँमा थप लुटपाट गर्न सक्ने भएकाले पनि ज्यानको बाजी लगाएरै चोरलाई लखेटेको बताईन् । ‘उनीहरुले ल्याएको सामान समात्न सफल भए,‘एकजना महिला पनि देखेपछि उसलाई समात्न खोजे’ उनले भनिन्।

गत मंसिर ३ गते सोही समुहले बुढाथोकीको घरमा १ तोला सुन र १२ हजार नगद लुटेर फरार भएका चोरहरुका बारेमा जानकारी थियो । एकैपटक घरभित्र प्रवेश गर्दा मैले पैसा दिनुभन्दा प्रतिकार नै गर्ने योजना बनाए । उनले चोरचोर भन्दै चिच्चाएपछि भागेकालाई बरंजाको भाँक्रिपानीबाट स्थानीयले नियन्त्रणमा लिएको बताईन् ।स्थानीयले नियन्त्रणमा लिएका तीनजनालाई प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । यता चारजना मध्ये एक महिला र दुई पुरुष प्रहरी हिरासतमा छन् भने एक जना फरार भएका छन् । प्रहरीले खोजीकार्य तिब्र पारेका छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com