नेपाली कराँते टोलीलाई फेरि अर्को सफलता!
प्रकाशित मिति : पुस १९, २०७५ बिहीबार
इन्डियाको रानाघाटमा सम्पन्न भएको फुल कन्ट्याक क्योकुशिन कराँते अन्तर्राष्ट्रिय फ्रेन्डसीप कप २०१८ मा नेपाली खेलाडीले सफलता हात पारेका छन् । नेपाल क्योकुशिन सेकाइका खेलाडी, कोच र अफिसियल सहित कुल १९ जना सहभागी भएका थिए।
प्रतियोगितामा नेपालका कुल १६ प्रतिस्पर्धी खेलाडी मध्ये १४ खेलाडीले पदक प्राप्त गरेका हुन। ती मध्ये ३ स्वर्ण, ४ रजत र ७ कास्य गरि जम्मा १४ पदक प्राप्त गर्दै नेपाल टिम च्यानेपालको तर्फबाट क्योकुशिन सेकाइका महासचिव तथा ब्राण्च चिफ भिखारी शाहले यो जीत सम्पुर्ण नेपालीको रहेको बताउनु भयो। साथै नेपाल सिन क्योकुशिन करातेमा समेत आबद्ध रहेका क्योकुशिन सेकाइका वरिष्ठ उपाध्यक्ष रोहित दियालीले नेपालले स्वर्ण, रजत र कास्य पदक ल्याउन सफल भएकोमा पुरा नेपाल नै खुसी रहेको बताउनुभयो।म्पियन बन्न सफल भएको हो।
प्रतियोगितामा इन्डिया, दक्षिण कोरिया, नेपाल, बाङ्लादेश लगायत अन्य विभिन्न राष्ट्रबाट करिब २५० प्रतिस्पर्धी खेलाडी सहभागी भएका थिए।






