अमेरिकी तल्लो सदनको नयाँ कार्यकाल शुरु, ट्रम्पमाथि थप दबाब


प्रकाशित मिति : पुस १९, २०७५ बिहीबार

अमेरिकी कङ्ग्रेसको तल्लो सदनको कार्यकाल बिहीबारदेखि शुरु हुँदैछ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विपक्षी डेमोक्र्याटिक पार्टीले तल्लो सदनमा बहुमत ल्याएका कारण पनि संसदीय कामकारबाहीप्रति सबैको ध्यान गएको छ ।

हाउस अफ रिप्रिजेन्टेटिभ्स भनिने तल्लो सदनको सभामुखमा ट्रम्पविरोधी प्रखर वक्ता न्यान्सी पेलोसी चयन हुने सम्भावना छ । क्यालिफोर्निया राज्यबाट डेमोक्रयाटिक पार्टीका तर्फबाट प्रतिनिधित्व गर्ने पेलोसी यसअघि पनि दुईपटक सभामुख भइसकेका छन्।

अमेरिकी तल्लो सदनको चार वर्षे कार्यकालका लागि गत नोभेम्बरमा चुनाव भएको थियो । उक्त चुनावमा रिपब्लीकन पार्टीले बहुमत गुमाएको थियो ।

विगत आठ वर्षदेखि अमेरिकी माथिल्लो सदन सिनेट र तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्समा रिपब्लीकन पार्टीको बहुमत थियो । तर, बिहीबार ट्रम्पको एक दलीय सत्ताको अन्त्य हुँदैछ । राष्ट्रपति ट्रम्पले सन् २०१६ को चुनावमा अप्रत्यासित विजय हासिल गरेपछि विलखबन्दमा परेका डेमोक्र्याटहरु अहिले उत्साहित भएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकी राष्ट्रपतिले आफ्नो दुई वर्षे कार्यकालमा सत्ताको दुरुपयोग गरेको डेमोक्र्याटहरुको ठम्याइ छ । तर, अब डेमोक्र्याटको हातमा नयाँ शक्ति प्राप्त भएको छ जसले ट्रम्पको आयकर, महान्यायाधिवक्ता जेफ सेसनको बर्खास्ती र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग राष्ट्रपतिको सम्बन्धका बारेमा अनुसन्धान गर्ने सम्भावना छ ।

संसदका संसदीय समितिको अध्यक्षता गर्ने सम्भावना रहेका व्यक्तिहरुले राष्ट्रपतिका सम्बन्धमा अरु धेरैवटा अनुसन्धान शुरु गरिने बताएका छन् । सन् २०१६ को राष्ट्रपतीय चुनावमा रुससँगको सम्बन्धका बारेमा अनुसन्धान गरिरहेका रोबर्ट मुलरको पहिल्यै चेपुवामा परेका राष्ट्रपतिमाथि संसदीय छानबिनले ट्रम्प प्रशासनमाथि थप दबाब सिर्जना गर्नेछ ।

डेमोक्र्याट सांसद हकीम जेफ्रिजले भने, ‘भोलि, हामी बहुमतमा हुनेछौं । त्यसपछि, हामी लापरबाह ट्रम्प विरुद्धका विधेयकहरु पारित गर्नेछौं । अर्को, हामी स्वास्थ्यसेवाको लागत घटाउन सङ्घर्ष गर्नेछौं र प्रगतिशील एजेन्डालाई अगाडि बढाउनेछौं ।’

तल्लो सदनमा डेमोक्र्याटहरुले बहुमत हासिल गरेपनि माथिल्लो सदन सिनेटमा रिपब्लीकनले झिनो बहुमत प्राप्त गरेका छन् । एकसय सदस्यीय सिनेटमा रिपब्लीकनको ५७ र डेमोक्र्याटको ४३ स्थान छ । बजेट समेतका महत्वपूर्ण विधेयकहरु पारित गर्न सिनेटभित्र रिपब्लीकनलाई ६० स्थान आवश्यक पर्दछ ।

संसदको पहिलो दायित्व नै दुई सातादेखि जारी सङ्घीय सरकारी कार्यालयहरुको आंशिक बन्दलाई खुलाउनु हुनेछ । बजेट अभावमा झण्डै एक तिहाई सङ्घीय कार्यालयहरु या त बन्द भएका छन् या आंशिक खुलेका छन् ।

ट्रम्पले अमेरिका–मेक्सिको सीमामा पर्खाल बनाउन ५ अर्ब ६० करोड डलरको बजेट पारित नभए बजेटमा हस्ताक्षर नगर्ने अडान राख्दै आएका छन् । तर, डेमोक्र्याटहरु पनि उक्त बजेट पारित नगर्ने अडानमा यथावत छन् ।

पेलोसीले सङ्घीय कार्यालयहरुका लागि बजेट उपलब्ध गराउने नयाँ उपाय सुझाउनुभएको छ, तर राष्ट्रपति ट्रम्पले त्यसमा खासै रुची दिएका छैनन् । पेलोसीले पर्खालका लागि छुट्याइएको बाहेकको बजेट पारित गर्न सकिने स्पष्ट पारेका छन् ।

यसैबीच, राष्ट्रपति ट्रम्पले डेमोक्र्याटिक पार्टीका वरिष्ट नेताहरुसँग बुधबार बजेटका बारेमा छलफल गरे, तर दुबै पक्ष आआफ्ना अडानमा कायम रहेका कारण कुनै नयाँ सम्झौता हुन सकेन ।

छलफलमा राष्ट्रपति ट्रम्पले पर्खालका लागि बजेट पारित हुनैपर्ने अडान दोहोर्याउनु भएको थियो । उहाँले सीमा सुरक्षा गम्भीर विषय भएकाले त्यससँग कुनै सम्झौता गर्न नसकिने भन्दै बजेटको विषयले सङ्घीय कार्यालयहरु खुल्न ढिला हुने सम्भावना रहेको बताए । उनले भने, ‘कार्यालयहरु खोल्न डेमोक्र्याटहरुले सहयोग गर्नुपर्छ । यो मेरो निजी कुरामात्र होइन ।’

छलफलमा सहभागी सिनेट डेमोक्र्याट चक सुमरले आफूले राष्ट्रपतिलाई सङ्घीय कार्यालयहरु खोल्ने वातावरण बनाउन आग्रह गरेको बताए । उनले भने, ‘मैले राष्ट्रपतिलाई भने– राष्ट्रपति महोदय, कार्यालयहरु बन्द गर्नुपर्ने कुनै एउटा प्रष्ट कारण दिनुहोस् । तर राष्ट्रपतिले चित्तबुझ्दो जवाफ दिनु भएन ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com