१२ बर्षमै आमा बनेकी गंगा, नवजात शिशुलाई सम्हाल्न गाह्रो


प्रकाशित मिति : पुस १९, २०७५ बिहीबार

राममाया अर्थात् १२ वर्षमा भर्खैरै आमा बनेकी गंगा प्रजाको आमा। गंगाले अपरेशन गरेर छाेरी जन्माएकी हुन् । दुई घण्टा लामो अपरेशनपछि उनी आमा बनेकी हुन्। तर, नवजात शिशुलाई सम्हाल्न गाह्रो भएको छ, उनलाई।

राममायाको लागि सपना जस्तै भइएको छ। तर, सपना होइन। २.२९ केजीको छोरी यथार्थ हो। गंगा सकुशल रहेको यथार्थ हो। र, बच्चालाई आइसियुमा राख्नु नपरेको पनि यथार्थ नै हो।

जटिल सोचिएको थियो  तर  अपरेशन गरियो। डाक्टरहरुले चेतावनी दिएजस्तै बच्चा र आमा दुवैको ज्यान तलमाथि भएन। उनीहरुकै भाषामा भन्नुपर्दा ‘मेडिकल मिराकल’ भयो। भाग्यमानी ठहरिन गंगा। नत्र १२ वर्षको उमेरकै यति सजिलै सुत्केरी हुन कहाँ सम्भव हुन्छ र ?

मकवानपुर जिल्ला राक्सिराङ गाउँपालिकाको विकट औले गाउँमा घर भइकी गंगाको परिवारमा दु:ख छ ।  अभाव र समस्या छ थियाे नै छाेरीकाे जिम्मेवार पनि थपिएकाे छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तीन महिनाअघि राममायाले सोचेकी थिइनन्, गंगाले यति सजिलै बच्चा जन्माउँछे। गंगा स्वयंमलाई पनि थाहा थिएन आमा बन्नुको सकश। उनीहरु लाचार थिए। समस्याको जानकार हुँदा हुँदै पनि काल नै पर्खेर बसिरहेका जस्ताे लाग्थे। गाउँमै बच्चा जन्माउने ‘घातक निर्णय’ गरेका थिए। गरीबी र अभावले पिल्सिएकाले ज्यान धरापमा राख्‍नु बाध्यता थियो।

हेटौंडाबाट ६० किलोमिटर पश्चिम पहाडी चेपाङ जातिको बाहुल्यता रहेको विकट ठाउँमा४२ धुरीभित्र तीनसय भन्दा बढीको जनसंख्या। अधिकांश इसाईमा रुपान्तरित भइसकेका।

त्यही गाउँको एउटा कुनामा छ, गंगाको घर।

श्रीमान बेपत्ता भएकाले माइतीको सहारामा बसेकी छिन्। बालविवाहको आरोपमा पक्रेर जेल हाल्छन् भन्न डर भएर । उनको आमा र बुबा पनि गंगाको बेपत्ता श्रीमान रञ्जित प्रजा खोज्न हिँडेका रहेछन्।   दाजु भाउजु र बच्चाहरु गरेर २० जनाको संयुक्त परिवारमा खानाको अभाव, गोठको सुताई, लगाउने कपडाको अभाव उस्तै। कठ्याङग्रिने जाडोमा न्यानो कपडासमेत  नभएकाे अवस्था छ  ।

चेपाङ बस्तीमा अधिकांशको सानैमा बिहे हुन्छ। ९० प्रतिशत भन्दा बढी भागी बिहे। कलिलैमा भागी विवाह गर्ने परम्परा नै बनेको छ ।

चाडै बिहे गरेकोमा गंगाले पश्चाताप गरिरहेकी छिन् । गंगाको सम्पर्कबिहीन भएका रञ्जित पनि फर्किए। सञ्चारमाध्यममा प्रकाशित भएपछि सरकारले गरेकाे उद्दारबाट सकुशल उनकाे उपचार  सम्भव भएकाे हाे ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com